भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय



काठमाडौं । सरकारले बुधबार विहान विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिहीबार शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुर्घटना जाँचबुझका पाँच सदस्यीय आयोग गठनको निर्णय भएको र विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको जनाएका छन् ।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।


क्लिकमान्डु