दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)




काठमाडौं । सौर्य एयरलायइन्सको बुधबार विहान दुर्घटना भएको जहाजमा चालदलका दुई जना सदस्यसहित १९ जना रहेका थिए । जहाज दुर्घटनामा परेको व्यक्तिहरुमा सौर्य एयरका १७ जना कर्मचारी परेका छन् ।

विमानमा सवार रहेका कर्मचारीहरुमा अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपलाल जोशी, सर्वेस मरासिनि, श्याम विन्दुकार, नवराज आले, नवराज आचार्य, प्रीजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्या, सन्तोस महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् ।

चालक दलका दुई सदस्यमा मनिष शाक्य र एस कटुवाल रहेका छन् । यसमध्ये पाइल शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

विमान दुर्घटनामा परेका सबैको ज्यान गएको छ । प्रहरीले १७ जनाको शव भेटिएको जनाएको छ । तर नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले भने २२ जनाको शव भेटिएको जनाएका छन् । विमान कन्टेनरसँग ठोकिएको जनाइएको छ ।


क्लिकमान्डु