सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु



काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा एयरलाइन्स व्यवस्थापन समूहका ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा एयरलाइन्स व्यवस्थापन समूहका ४ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेको विमानमा व्यवस्थापन समूहमा चिफ अफ सेफ्टी सागर कुमार आचार्य, सिएएमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौड्याल, पाइलट तथा चिफ अफ अपरेसन्स मनिष रत्न शाक्य र चिफ अफ क्युए (क्वालिटी अफिससर) दिलीप बर्मा रहेका थिए । दुर्घटनामा परेका पाइलट शाक्य घाइते भएर केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान ११ बजेर ११ मिनेटमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । अमित मान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडाको मृत्यु भएको छ ।


क्लिकमान्डु