कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?



काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परि घाइते भएका पाइलट मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनको निधार लगायत शरीरका अन्य भागमा चोट लागेको छ ।

शाक्यको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ ।

बुधबार विहान ११ बजेर ११ मिनेटमा विमान उड्नासाथ दुर्घटनामा परेको थियो । दाहिनेतर्फ मोडिएको विमान कन्टेनरमा ठोक्किएर गोठाटारतर्फको खाली भागमा खसेको थियो ।

विमानमा सवार १८ जनाको मृत्यु भएको दुर्घटनामा पाइलट बाँचेका छन्।

क्याप्टेन शाक्यका परिवारका सदस्यहरु अस्पतालमा रहेका छन् र शाक्य उनीहरुसँग बोलिरहेको अस्पतालले जनाएको छ ।

उनको अवस्थामा सुधार आइरहेको जनाइएको छ ।

उनी अनुभवी पाइलट हुन् । उनले सन् २००९ देखि विमान उडाइरहेका छन् । गुणबाट उडान थालेका उनी सौर्य एयरलाइन्समा चिफ अफ अपरेसनका रुपमा कार्यरत छन् ।


क्लिकमान्डु