सौर्य एयरको दुर्घटनाग्रस्त जहाजको ३० करोडको बिमा, यात्रुका परिवारले कति पाउँछन् ?



काठमाडौं । सौर्य एयरको दुर्घटनामा परेको जहाज दुर्घटनापछि प्रभु इन्स्योरेन्सले ३० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ । सौर्यले ३० करोडमा खरिद गरेको क्यानाडेली कम्पनी बम्बाडियरको सीआरजे २०० जहाज प्रभुमा बिमा गरेको थियो ।

जहाजको भग्नावशेष काम नलाग्ने स्थितिमा रहेका कारण ३० करोड रुपैयाँ हाराहारीको दाबी भुक्तानी गर्नुपर्नेछ ।

यो बिमानको पुनर्बिमा विदेशी कम्पनीमा गरिएको छ । जसकारण सबै भुक्तानी दायित्व प्रभुले बेहोर्नु पर्ने छैन । प्रभु इन्स्योरेन्सका अनुसार ३० करोड रुपैयाँमध्ये ०.३ प्रतिशत अर्थात् ९ लाख रुपैयाँ कम्पनीको दायित्वमा पर्ने भएको छ ।

बाँकी ९९.७ प्रतिशत दायित्व बेलायती पुनर्बिमा कम्पनीले बेहोर्नेछ ।

बुधबार बिहान ११ः११ बजे राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पोखराका लागि उडेको बिमान टेकअफ गर्नेवित्तीकै दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् भने पाइलट मनिष शाक्यको जीवित उद्दार गरिएको छ ।

यसैगरी मृतक सबै यात्रुको प्रतियात्रु २० हजार अमेरिकी डलर बराबरको बिमा गरिएको छ ।


क्लिकमान्डु