विमान दुर्घटनामा बाँचेका पाइलट शाक्यले भने: १०० फिटमाथि पुगेपछि मैले जहाज कन्ट्रोल गर्न सकिनँ



काठमाडौं । सौर्य एयरको विमान दुर्घटनापछि जीवितै उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यले जहाज नियन्त्रण गर्न नसकेको बताएका छन् ।

बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरको विमान विमानस्थलभित्रै दुर्घटनामा परेको थियो ।

उडेको केही क्षणमै दुर्घटनामा परेको विमानमा आगो लागेको भिडियो फुटेजमा देख्न सकिन्छ । १९ जना सवार विमानमा १८ जनाको मृत्यु भयो । पाइलट शाक्यलाई भने उद्धार गरेर अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालमा उपचार जारी रहेको र उनको अवस्था सुधारउन्मुख रहेको काठमाडौं मेडिकल कलेजकी मेडिकल डाइरेक्टर डा. मिना थापाले जानकारी दिइन् ।

चिकित्सकले घटनाबारे पाइलट शाक्यलाई सोधेका थिए । पाइलट शाक्यले विमानलाई ५०/१०० फिटबाट माथि उठाउन खोजेको भए पनि कन्ट्रोलमा लिन नसकेको आफूहरुसँग बताएको डा थापाको भनाइ छ ।

पाइलट शाक्यको भनाइ उदृत गर्दै डा. थापाले भनिन्, ‘उहाँले प्लेन उठाउने कोशिस गर्दै गर्दा ५०/१०० फिटमाथि पुगेपछि कन्ट्रोल गर्न नसकेको बताउनु भएको छ ।’

क्याप्टेन शाक्यले विमान झरेपछि आफू कतकताबाट बाहिर निस्केको र सो बेला सास फेर्न गाह्रो भएको जानकारी दिएका थिए । डा. थापाले भनिन्, ‘त्यतिबेला उहाँ अरुलाई कस्तो छ भनेर सोद्धै हुनुहुन्थ्यो ।’

पाइलट शाक्यलाई आजबाट झोल खानेकुरा दिइएको उनले जानकारी दिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको एयरको सीआरजे २०० जहाज दुर्घटनामा परेपछि अस्पतालमा खबर आएको थियो । त्यसपछि अस्पताल तयारी अवस्थामा बस्यो ।

डा. थापा भन्छिन्, ‘उहाँलाई इमर्जेन्सीमा राख्यौं । सीटी स्क्यान, भिडियो एक्सरेदेखि लिएर ब्लड टेस्टहरू सबै गरायौं ।’ अस्पताल पुग्दा उनको आँखाको परेला काटिएको थियो, टाउको र निधारमा चोट लागेको थियो भने नाकको हड्डी भाँचिएको थियो ।

डा. थापाका अनुसार शाक्यको टाउकोमा हड्डीको बाहिरपट्टी रगत जमेको देखिएको थियो भने मस्तिष्क थोरै सुन्निएको पाइयो ।
कम्मरको हड्डी केही चर्किएको थियो । सीटी स्क्यानका क्रममा करङको दुई वटा हड्डी पनि भाँचिएको देखिएक उनले जाकारी दिइन् ।

क्याप्टेन शाक्यको बुधबार नै अपरेसन गरिएको थियो । उनी साँझ ६ बजेदेखि आईसीयूमा छन् र खतरामुक्त रहेको डा. थापा बताउँछिन् । उनले भनिन्, ‘भाग्यले बाँचे भनेर खुसी भइरहनु भएको छ ।’

थप विवरण एमआरआईको रिपोर्ट आएपछि मात्र थाहा हुने उनले बताइन् ।

थप समाचार पढ्नुहोस्

क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त, भक्तपुरमा बुवा आमा भावविह्वल

विमानस्थलभित्रै आयल निगमले थापेको पासोः जोखिमयुक्त ‘डिपो’ सार्न अटेरी, दुर्घटना भए कति क्षति हुन्छ ?

सौर्य एयरको उडान अनिश्चितकालका लागि बन्द, नेपाली हवाई सेवाको कालोसूची थप जोखिममा

सौर्य एयरको विमान दुर्घटना: उपचाररत पाइलट शाक्यको प्रतिक्रिया- अल गुड !

सौर्य एयर दुर्घटना: नियामकको लापरवाहीले समयमै उद्दार नहुँदा एयरपोर्टभित्रै मृत्यु, प्राधिकरण नेतृत्वको ध्यान अन्तै

नेपालमा किन भइरहन्छन् विमान दुर्घटना ? अहिलेसम्म ६८ दुर्घटना

विमान दुर्घटनाका घाइते पाइलटलाई भेटेपछि प्रधानमन्त्रीले भने: अब यस्तो कहिल्यै नहोस् !

विमानस्थलभित्रै १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरको कहालीलाग्दो दुर्घटनाको नालीबेली

विमान दुर्घटना: टिचिङ अस्पतालमा शव परीक्षण सुरू, एक जनाको शव पत्ता लगाउन ४ घण्टा लाग्ने

सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)


क्लिकमान्डु