विमान दुर्घटनाका घाइते पाइलटलाई भेटेपछि प्रधानमन्त्रीले भने: अब यस्तो कहिल्यै नहोस् !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान दुर्घटनामा घाइते भएका सौर्य एयरको विमानका पाइलटलाई भेटेर उनको अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले घाइते पाइलट मनीष रत्न शाक्यलाई भेटेपछि सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै चिकित्सक र उनका परिवारसँग शाक्यको अवस्थाबारे जानकारी लिएको बताए ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘अब यस्तो कहिल्यै नहोस् ! बिहानको हवाइ दुर्घटनामा परी घाइते हुनुभएका क्याप्टेन मनीषरत्न शाक्यको स्थिति बुझ्न केही बेर अगाडि केएमसी अस्पतालमा पुगेर फर्किएँ । उहाँलाई आईसीयूमा उपचार गरिएको छ । चिकित्सक र परिवारजनसँग उहाँको अवस्थाबारे जानकारी लिएँ । उहाँ खतरामुक्त हुनुहुन्छ ।’

यस क्रममा प्रधानमन्त्री ओलीले घटनाबारे छानबिन समिति गठन गरेको पनि बताएका छन् । र बिहीबार शोकको रुपमा सरकारले झण्डा आधा झुकाउने निर्णय गरेको पनि जानकारी दिए ।

प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रमेश लेखक र अन्य सुरक्षा निकायका प्रमुख साथै उच्च अधिकारीहरुले घटनास्थल पुगेर जानकारी लिएका थिए ।

सम्बन्धित समाचार

विमानस्थलभित्रै १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरको कहालीलाग्दो दुर्घटनाको नालीबेली

विमान दुर्घटना: टिचिङ अस्पतालमा शव परीक्षण सुरू, एक जनाको शव पत्ता लगाउन ४ घण्टा लाग्ने

क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त, भक्तपुरमा बुवा आमा भावविह्वल

सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)


क्लिकमान्डु