विमान दुर्घटना: टिचिङ अस्पतालमा शव परीक्षण सुरू, एक जनाको शव पत्ता लगाउन ४ घण्टा लाग्ने



काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शव परीक्षण सुरू भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरू भएको हो ।

अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालप्रसाद चौधरीले चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम सुरू गरिएको जानकारी दिए ।

उनकाअनुसार एक जनाको शव पत्ता लगाउनका लागि चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत चिकित्सक बोलाइएको र उनीहरू भोलिसम्म आइपुग्ने अस्पतालका डा चौधरीले बताए ।

मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उनले बताए । ‘आफन्तजनले दिएको विवरणअनुसार शवलाई म्याच गराएर पहिचान प्रक्रिया पूरा गर्नेछौँ । सकेसम्म आवश्यक काम चाँडो गरेर शव दिने हाम्रो कोशिस छ’, डा चौधरीले भने, ‘शव धेरै नै जलेको हुनाले पहिचान गर्न समय लाग्नेछ ।’

अस्पतालमा सुरूमा परीक्षण गरिरहेका चार वटा शव सय प्रतिशत जलेको उनको भनाइ छ । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डिएनए परीक्षण विधि अपनाइन्छ । उनले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डिएनए विधिबाट शव पहिचान गर्ने बताए ।

डिएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उनको भनाइ छ ।

शव परीक्षणगरी पहिचान गर्नका लागि २५ जना चिकित्सकसहितको प्राविधिक टोली खटेको छ । आज बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो ।

सम्बन्धित समाचार

क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त, भक्तपुरमा बुवा आमा भावविह्वल

सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)


क्लिकमान्डु