जब राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठसँग रिसले चुर भए…



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठसँग रिसले चुर भएका छन् । आफूलाई पटक-पटक ढाँटेको भन्दै श्रेष्ठसँग गभर्नर डा. नेपाल आक्रोसित भएका हुन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा श्रेष्ठलाई लक्षित गर्दै गभर्नर डा. नेपालले जनताको सेवा गर्ने सरकारी जागिर खानेहरु ५८ वर्षमा रिटार्यड हुने व्यवस्थाको उदाहारण दिँदै जनताको पैसा चलाउने (बैंक सञ्चालक) हरुलाई पनि उमेरको हदबन्दी तोक्न प्रस्ताव गरिएको बताए ।

६५ वर्ष कटेका व्यक्तिलाई बैंकको अध्यक्ष तथा सञ्चालक बन्न रोक लगाउँदै छौं: गभर्नर

राष्ट्र बैंकले बाफियाको संसोधन मस्यौदामा सञ्चालक तथा अध्यक्षहरुको उमेर हद ६५ वर्ष तोक्न प्रस्ताब गरेको छ । नेपालमा विद्यमान बैंकका अध्यक्षहरुमध्ये एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ नै सबैभन्दा पाको उमेरका हुन् । श्रेष्ठ अहिले ९० कटेर ९१ वर्ष लागिसकेका छन् ।

‘९० वर्षको मान्छे अध्यक्ष भएर बसेको छ, के गर्छ के गर्छ, भनेको पनि केही नबुझ्ने, भनेको काम नमानेर लुरुलुरु हरेक मन्त्रीकोमा जाने यस्तो पनि हुन्छ,’ गभर्नर नेपालले आक्रोश पोखे ।

गभर्नरले जुन दिन बैंकले नाफा कमाउन सक्दैन, त्यो दिन बैंक समस्याग्रस्त भएर डुब्ने र बैंक डुब्नु भनेको जनताको पैसा डुब्नु भएको बताए ।

गभर्नरलाई ढाँटेर एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ सम्पर्कबिहिन, भाँडियाे मर्जर

‘सही ठाँउमा पैसाको परिचालन हुनुपर्छ, जतनाको पैसा चलाउने संस्था इमान्दार हुनुपर्छ,’ उनले भने- ‘राष्ट्र बैंकको पहिलो काम भनेको जनताको पैसाको सुरक्षा गर्नु हो ।’

बैंकरलाई गभर्नरले भने- लभ गर्ने समय अब धेरै छैन, मौद्रिक नीतिपछि त बिहे गर्नुपर्छ

एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जरको हल्ला चलाएर बिके श्रेष्ठले सेयर बजारमा चलखेल गरी मोटो रकम कमाएको राष्ट्र बैंकका उच्च अधिकारीहरुको निष्कर्श छ । सहकर्मीहरुसँग गभर्नरले पटक-पटक बिके श्रेष्ठले आफूलाई ढाँटेको भन्दै मन दुखाउने गरेका छन् ।

मर्जरको हल्ला चलेको २ वर्षसम्म पनि मर्जरमा जाने सम्झौता नगरेपछि गत मंसिरमा गभर्नर डा. नेपालले श्रेष्ठलाई राष्ट्र बैंक बोलाएर ‘एभरेष्ट र लक्ष्मी बैंकबीच कहिले मर्ज हुने हो लिखित रुपमा मिति तोकेर ल्याउनुहोस्’ भन्ने निर्देशन दिएका थिए ।

तत्काल मर्जर प्रक्रिया नटुङ्ग्याए एभरेष्ट र लक्ष्मी बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने

गभर्नरको यस्तो निर्देशनपछि श्रेष्ठले एक/दुई दिनमै लिखित रुपमा मिति तोकेर ल्याउँछु भन्ने प्रतिवद्धता व्यक्ति गर्दै बाहिरिएका थिए ।

तर, श्रेष्ठले प्रतिवद्धताअनुसार मर्जरको लिखित मिति राष्ट्र बैंकमा बुझाउनु त के राष्ट्र बैंकका अधिकारीहरुसँग सम्पर्कमै आएनन् ।

बैंकरहरुले त्यो दिन मेरो चित्त नदुखाएको भए, म यति कठोर हुने नै थिइँनः गभर्नरको बिचार

‘एक/दुई दिनमै मर्जरको लिखित मिति तोकेर ल्याइहाल्छु भन्दै गभर्नरलाई ढाँटेर श्रेष्ठ भारततिर हानिए, गभर्नरसाबले निकै धेरै मन दुखाउनु भयो,’ गभर्नर निकट राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘नियामकका प्रमुखलाई यसरी ढाँट्ने र जिस्क्याउनले अरुलाई के गर्ला ?’

मर्जरको हल्ला चलाएर सेयर बजारमा खेलबाड गरी अर्बौं रकम कमाएको भन्दै पछिल्लो समय राष्ट्र बैंकको उच्च व्यवस्थापनले एभरेष्ट र लक्ष्मी दुबै बैंकका मूख्य लगानीकर्ताहरुलाई तीब्र दबाब दिएको थियो ।

भ्यालुएटरको प्रतिवेदन: लक्ष्मीको भन्दा एभरेष्ट बैंकको सेयर मूल्य ६० रुपैयाँ बढी, बिबाद बढ्यो

गत साउनयता राष्ट्र बैंकको उच्च व्यवस्थापनले उनीरुलाई कहिले मर्ज हुने हो त्यो मिति लिखित रुपमा लिएर आउनु भन्दै दबाब दिइरहन्थे ।

लक्ष्मी बैंकका मूख्य लगानीकर्ता राजेन्द्र खेतान एभरेष्टसँग मर्ज गर्न सकरात्मक भएपनि एभरेष्टका अध्यक्ष बिके श्रेष्ठ भने मर्जरका पक्षमा नरहेका कारण मर्जर प्रक्रिया अवरुद्ध भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

के एभरेष्ट र लक्ष्मी मर्जमा जान लागेका हुन् ?

‘बिके श्रेष्ठजीको नियत मर्ज गर्ने होइन रहेछ, मर्जरको हल्ला चलाएर सेयर बजारबाट मालामाल कमाउने नियत देखियो, र, कमाउनु पनि भयो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘हामीले बिकेजीलाई निगरानीमा राखेका छौं ।’

राष्ट्र बैंकको उच्च व्यवस्थापन पनि यी दुई ठूला बैंकको मर्जर गराउन चाहन्थ्यो । त्यसैले आलटाल गर्दा पनि राष्ट्र बैंकले चुपचाप सहेर बसेको थियो ।

लक्ष्मी बैंकसँग मर्ज हुन एभरेष्ट बैंकले राख्यो यस्तो शर्त

‘हामीले बिकेजीका शर्तहरु एकपछि अर्को गर्दै मान्दै आयौं, अन्तिममा त भ्यालुएटरको प्रतिवेदनलाई पनि बेवास्ता गर्दै कौडीको भाउ गर्नुभयो, जसकारण मर्जर अवरुद्ध भएको हो,’ लक्ष्मी बैंकका एक सञ्चालकले भने ।

एभरेष्ट बैंकले यसअघि पनि विभिन्न बैंकहरुसँग मर्जरको हल्ला चलाएर अन्तिममा आफैंले मर्जर भाँडेको थियो ।

‘बिकेजीको कामदेखि गभर्नर साब आजित हुनुभएको छ, कारबाही गर्ने ठाउँ नपाएर मात्रै हो,’ स्रोतले भन्यो ।

किन कारबाही गर्न सकेन राष्ट्र बैंकले ?

एभरेष्ट र लक्ष्मी बैंकले मर्जरको हल्ला चलाए पनि मर्जरका लागि सैद्दान्तिक सहमति गरेर राष्ट्र बैंकमा आवेदन दिएका थिएनन् । जसकारण राष्ट्र बैंकले कारबाही गर्न नसकेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले भने,- प्रतिकित्ता ४५० मूल्य भएको बैंक गाभ्दैछौं

‘एभरेष्ट र लक्ष्मीले मर्जरको सैद्दान्तिक सहमति गरेर आवेदन मात्रै दिएका थिए भने राष्ट्र बैंकले मर्जर भाँडिदा कारबाही गर्थयो,’ स्रोतले भन्यो, ‘औपचारिक काम केही नगरी हल्ला मात्रै गरेकाले कारबाही गर्न नसकिएको हो । पछिल्लो समय गभर्नरसाबले तीब्र दबाब नदिनु भएको भए यी बैंकले अझै २/४ वर्ष मर्जर मर्जर भन्दै लगानीकर्ता झुक्याएर सेयर बजारबाट मालामाल कमाउथे ।’

मर्जरमा जाने सैद्दान्तिक सहमति गरेर मर्जरमा नजाने संस्थालाई राष्ट्र बैंकले कारबाही गर्ने ती अधिकारीले जानकारी दिए ।

‘हामीले प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकलाई जसरी मर्जरमा जान बाध्य बनायौं, एभरेष्ट लक्ष्मीले सैद्दान्तिक सहमति गरेका भए त्यस्तै बनाउँथ्यौं,’ स्रोतले भन्यो ।

मर्जरमा एभरेष्ट बैंकको असफल इतिहास

नेपालमा मर्जरसम्बन्धी नीति आउनुभन्दा पहिला एभरेष्ट र इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने विषयमा केही छलफल चलेको थियो । तर, इन्भेष्टमेन्ट बैंकका कर्मचारीले मर्जरमा जान नहुने भन्दै विरोध गरेपछि त्यो प्रयास तुहिएको थियो ।

स्वाप रेसियोमा एभरेष्ट र लक्ष्मी बैंकको आ-आफ्नै अडान, सफल होला त मर्जर ?

त्यसपछि राष्ट्र बैंकबाट मर्जरको नीति आयो । मर्जरको नीति आएपछि एभरेष्टले तत्कालीन किष्ट बैंकसँग मर्जरको छलफल गर्यो । तर प्रारम्भिक छलफलमै स्वाप रेसियोमा कुरा नमिलेपछि थप प्रक्रिया नै अघि बढेन । एभरेष्टले किष्टको १०० कित्ता बराबर एभरेष्टको २५ कित्ता भनेपछि मर्जर प्रक्रिया अघि बढ्न सकेन ।

किष्टपछि एभरेष्टले कुमारी बैंकसँग मर्जरको छलफल गर्यो । त्यो पनि सफल भएन ।

३ वर्षदेखि एभरेष्टले लक्ष्मी बैंकसँग मर्जरको प्रक्रिया अघि बढायो । तर, अन्तिम समयमा आएर एभरेष्ट आफैंले मर्जर प्रक्रिया भाँडेको छ ।

अहिले वाणिज्य बैंकहरुबीचको बिग मर्जरको हल्ला चलेको छ । राष्ट्र बैंकका गभर्नरले नै मौद्रिक नीतिभन्दा अगाडि नै मर्ज हुनु सुझाएका छन् । मौद्रिक नीतिपछि पर्याप्त छलफल गर्ने अवसर नपाइने भन्दै अहिले नै तीब्र छलफल गरेर निष्कर्शमा पुग्न गभर्नरले आग्रह गरेका हुन् ।

अब जोडी पाउनै गाह्रो

दर्जन बढी वाणिज्य बैंकका मूख्य लगानीकर्ताहरुबीच तीब्र गतिमा मर्जरको छलफल भइरहेको छ ।

मर्जरमा एभरेष्ट बैंकलाई कसैले पत्यानन्, छबी नै खराब

तर, कुनै पनि बैंकले एभरेष्ट बैंकसँग मर्जरका लागि छलफल गरेका छैनन् । किनभने यसअघि नै एभरेष्टका अध्यक्ष बिके श्रेष्ठले धेरैलाई मर्जर मर्जर भन्दै झुक्याएका कारण एभरेष्टसँग मर्जरमा जान कोही पनि तयार देखिएका छैनन् ।


पुष्प दुलाल