काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा अधयक्षको उमेरको हदबन्दी तोक्ने भएको छ । ६५ वर्षभन्दा माथि उमेर भएको व्यक्ति बैंकको सञ्चालक तथा अध्यक्ष बन्न नपाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले जानकारी दिए ।
आइबिएन मिडिया रिसर्चले सोमबार राजधानीमा गरेको कार्यक्रममा गभर्नर नेपालले यस्तो बताएका हुन् । नेपाल चेम्बर अफ कमर्शका कमलेश अग्रवालले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–२०७३ को संसोधन गर्न बनाएको मस्यौदामा सञ्चालक तथा अध्यक्षको उमेर हद ६५ वर्ष तोकेको भन्दै व्यवसाय गर्न उमेरको हदबन्दी लगाउनु नहुने बताए ।
जवाफमा गभर्नर डा. नेपालले कडा अभिव्यक्ति दिए ।
‘सरकारी कर्मचारीले चाहीँ ५८ वर्षसम्म मात्रै जागिर खान पाउने अनि बैंक जस्तो संवेदनशील क्षेत्रको अध्यक्ष तथा सञ्चालक चाहीँ ९० वर्षसम्म बस्न पाउने भन्ने हुँदैन,’ गभर्नरले भने, ‘बुढो उमेरका व्यक्तिबाट वित्तीय क्षेत्रले प्रगति गर्न सक्दैन । त्यसैले ६५ वर्षको उमेर हद तोक्न लागिएको हो ।’
प्रतिक्रिया