बैंकरहरुले त्यो दिन मेरो चित्त नदुखाएको भए, म यति कठोर हुने नै थिइँनः गभर्नरको बिचार




बजेट आइसकेको छ । बजेटमा भएको सरकारको नीतिमा भएको आर्थिक वृद्धिदरलाई सहयोग गर्ने भनेको मौद्रिक नीतिले हो । संसारमा जहाँ पनि त्यही नै हो । मौद्रिक नीतिको मुख्य उद्देश्य हेर्ने हो भने मनमोहनको किताब हेरे पुग्छ । मौद्रिक नीति लिएर आँउदा नेपालमा इकोनोमिक इन्भलमिङ रहेको छ, जसमा केन्द्रीय बैंकले गर्न नमिल्ने कामहरु रहेका छन् । उदाहरणका लागि पुनःकर्जाको सुविधा विश्वमा कही पनि केन्द्रीय बैंकले दिँदैन । वाणिज्य बैंकको काम केन्द्रीय बैंकले गर्दैन ।

बैंकरलाई गभर्नरले भने- लभ गर्ने समय अब धेरै छैन, मौद्रिक नीतिपछि त बिहे गर्नुपर्छ

तर नेपालमा भर्खरै अर्थतन्त्र अघि बढ्दै गरेको भएर त्यसलाई सहयोग गर्न केन्द्रीय बैंकले गरेको हो । ३ वर्षअघि पुनःकर्जा कोषमा ५ अर्ब रुपैयाँ थियो । अहिले ५० अर्ब रुपैयाँ पुगेको छ । यो बीचको दौरानमा नेपालमा उच्च आर्थिक वृद्धि भएको छ । उद्योगी व्यवसायी यही हुनुहुन्छ- हैन, भएको छैन । राष्ट्र बैंकले म्यानुपुलेट गर्यो भन्नुहुन्छ भने पनि भन्नु केही छैन । यो विषय भनेको अन्तर्राष्ट्रिय समुदायले पनि भनि सकेको छ । ३ वर्षदेखि लगातार राम्रो आर्थिक वृद्धि भएको छ । यो वर्ष ७ प्रतिशत पुग्दैछ ।

अहिले तपाईहरुको समय सुरु भएको छ । बैंकर साबहरुले बेलैमा सोचे हुन्छ । भोलि तपाईहरुको जाने ठाँउ छैन । मलाई पनि पहिलाको जस्ता समस्या छैन । बजेटमै आएको छ । अब तपाईंहरु पनि जाने ठाँउ कही पनि छैन ।

तपाईहरुको व्यापार व्यवसाय नचले पनि कसैन कसैले त व्यापार व्यवसाय गरिरहेको छ । इकोनोमी बुम त भइरहेको छ । इकोनोमी राम्रोसँग अघि बढिरहेको छ । पहिलो पटक हो नेपालमा यस्तो भएको छ । नेपालमा २०५१/०५२ मा करिब ७ प्रतिशतको आर्थिक वृद्धि रहेको थियो । २०५६ मा ६ प्रतिशतको वृद्धि रहेको थियो । अहिले लगातार आर्थिक वृद्धिले एउटा गति लिएको छ । बजारमा पैसाको माग निकै धेरै छ ।

मौद्रिक नीति भने पनि टेक्निकल्ली पनि हामीले कुरा गरेको जस्तो हुँदैन । विश्वका जुनसुकै देशमा पनि पैसाको फ्लो एउटै रुपमा अघि बढ्छ । वल्ड बैंक, आईएमएफमा रहेपछि सबैले नीति मान्ने पर्छ । यो कुरा तपाईंहरुले बुझ्नुपर्छ । विश्वभर केन्द्रीय बैंकले गर्ने भनेको त्यही नै हो । यो हामीले नबुझेको हो कि बुझिकन बुझ पचाएको हो, बुझ्न गाह्रो परेको छ । त्यसले गर्दा नेपालमा माटो सुहाउँदो हुनुपर्छ । अन्तर्राष्ट्रियरुपमा पनि त्यही अनुसारको हुनुपर्छ ।

६५ वर्ष कटेका व्यक्तिलाई बैंकको अध्यक्ष तथा सञ्चालक बन्न रोक लगाउँदै छौं: गभर्नर

जुन दिन बैंकले नाफा कमाउन सक्दैन, त्यो दिन बैंक समस्याग्रस्त भएर डुब्छ । बैंक डुब्नु भनेको जनताको पैसा डुब्नु हो । जनताको पैसा डुब्नु हुँदैन । सही ठाँउमा पैसाको परिचालन हुनुपर्छ । जतनाको पैसा चलाउने संस्था इमान्दार हुनुपर्छ । राष्ट्र बैंकको पहिलो काम भनेको जनताको पैसाको सुरक्षा गर्नु हो ।

तपाईंहरुले आफ्नै पैसा खर्च गरेर डुब्यो भने तपाईंलाई बैंकिङ कसुर लाग्दैन । आफ्नो पैसा डुब्यो सकियो, बैंकको पैसा गलत ठाउँमा लगाउन पाइँदैन । जनताको सेवा गर्ने सरकारी जागिर खानेलाई ५८ वर्ष, जनताको पैसा चलाउने (बैंक सञ्चालक)लाई ५८ वर्ष नराखेपछि ६५ वर्ष गर्नु परेन त । ९० वर्षको मान्छे अध्यक्ष भएर बस्ने, के गर्छ के गर्छ, भनेको पनि केही नबुझ्ने, भनेको काम नमानेर लुरुलुरु हरेक मन्त्रीकोमा जाने यस्तो पनि हुन्छ ।

जुन समयमा भूकम्प गएको थियो । मैले सबै बैंकको सिइओ र अध्यक्षलाई बोलाएर उनीहरुलाई भूकम्प आएकोले सहयोग गर्न आग्रह गरेको थिए । त्यो समयमा मैले यस्तो गाह्रो भएको छ, केही पैसा प्रधानमन्त्री राहत कोषयमा दिनु भनेको । त्यो बेला सुशील कोइरालालाई दिने हो भनेर भ्रम फैलाए । जालै मर्नु जम्मा १५ करोड रुपैयाँ उठ्यो । त्यो समयमा बैंकर्सहरु चाउरचाउ लिएर यसो सेल्फी हानेर बस्नु भयो । यो चाँही साह्रै भएन भनेर राष्ट्र बैंकले १ प्रतिशत कर्पोरेट रेस्पन्सलिबीटी र ३ प्रतिशत कर्मचारीको वृति विकास गर्न खर्च गर्नु भनेको हो । त्यो समयमा तपाईहरुले सहयोग गरेको भए त्यो १ प्रतिशत सायदै आउने थियो कि थिएन । त्यो समयमा मेरो मनै खिन्न भयो ।

पुँजी बढाउने २ वर्षमा हरेक मन्त्रीकोमा गएर हजुुर पुँजी वृद्धि भयो भने त मेरो त सबै बर्बादै हुन्छ भनेर भनेको छ, त्यो पनि सिईओ लिएर गएर । त्यो बेला बर्बाद भयौ भनेर भनेको छ । खै अहिले पुग्या छ । हेर्नुहोस् तपाईहरुले के मान्नुपर्यो भने नेपाल राष्ट्र बैंकको रिसर्च विभागमा ५२ जना कर्मचारी छन् । केही विदेशमा पढेर आएका छन, कोही डिग्री गरेका छन् । सबै उच्च दक्ष छन् । नेपालमा यतिको सक्षम संस्था अरु छैन । यो कुरा सबैले दिमागमा राखे हुन्छ । त्यो संस्थाले नीति भनेको दिर्घकालीन रुपमालाई हेरेर ल्याउने नै हो ।

बैंक तथा वित्तीय संस्थामा आवद्ध भएका व्यक्तिहरुले आफ्नो चाहनामा कुरा भएन भने बाहिर कुरा गर्दैै नहिने हुन्छ । तपाईहरुले प्रेम गर्ने भनेको यही हो । मौद्रिक नीति नआएसम्म प्रेम गर्ने हो गर्नुहोस्, प्रेम भएपछि बिवाह आफैं हुन्छ । तपाईंहरुले अध्यक्षलाई पनि भन्नुहोस् । तपाईहरुले हेरेको बैंकको अवस्थामा पनि जानकारी लिनु कि कहिलेसम्म अघि बढ्छ भनेर । ३/४ वटा बैंक मर्ज हुनु । त्यो भए भने लेन्डिङमामा समस्या हुँदैन । बैंक मर्ज भएपछि पुँजी धेरै हुन्छ । तपाईहरुलाई लेन्डिङमा गर्न पनि सजिलो हुन्छ । आईटिमा पनि पैसा खर्च हुने भएको छ । आईटिमा खर्च घटाउन र धेरै बैंकमा हुने पैसा एउटै बैंकमा हुने भएर पनि मर्जरमा जानु आवश्यक हुन्छ, म तपाईहरुलाई यो भन्दा बढी केही नै भन्दिन ।

मर्ज भनेको प्रेम हुने र प्रेमपछि बिबाह हुन्छ । २०६२/०६३ मा प्रेम गर्नुहोस् भनेर १० वर्षको अवधि दिएर २ अर्ब चुक्ता पुँजी पुर्याउनु भने पनि २०७२ मा करिब १ दर्जन बैंकले करिब २ अर्ब पुर्याएको जानकारी गराए । यतिधेरै समय विश्वमा कही पनि पाइँदैन ।

मर्जमा जाने विषयमा राम्रो उदाहरण मलेसिया हो । सन् १९९९ देखि २००० सम्ममा ५० वटा ठूला बैंकहरु मर्ज भएका थिए । त्यो बेला मर्जमा जाउ भन्दा मानेनन् । १० वटा बैंक सरकारले छानेपछि मर्जरमा गए, त्यो बेला सरकार र केन्द्रीय बैंकले नै छानेको थियो । जसले गर्दा चुक्ता पुँजी बढेको थियो ।

मर्ज भनेको प्रेम हुने र प्रेमपछि बिबाह हुन्छ । २०६२/०६३ मा प्रेम गर्नुहोस् भनेर १० वर्षको अवधि दिएर २ अर्ब चुक्ता पुँजी पुर्याउनु भने पनि २०७२ मा करिब १ दर्जन बैंकले करिब २ अर्ब पुर्याएको जानकारी गराए । यतिधेरै समय विश्वमा कही पनि पाइँदैन ।

त्यो बेला पुँजी बढाउने विषयमा मैले धेरै तनाब लिनु पर्यो । ५० पटक संसदमा जानु पर्यो । मलाई घेरेर समय थप भने । अहिले त सरकारले नै भनेको छ । तपाईंहरुलाई समय छ । अहिले तपाईहरुको समय सुरु भएको छ । बैंकर साबहरुले बेलैमा सोचे हुन्छ । भोलि तपाईहरुको जाने ठाँउ छैन । मलाई पनि पहिलाको जस्ता समस्या छैन । बजेटमै आएको छ । अब तपाईंहरु पनि जाने ठाँउ कही पनि छैन ।

चित्त दुःखेको त्यो दिन…

जुन समयमा भूकम्प गएको थियो । मैले सबै बैंकको सिइओ र अध्यक्षलाई बोलाएर उनीहरुलाई भूकम्प आएकोले सहयोग गर्न आग्रह गरेको थिए । त्यो समयमा मैले यस्तो गारो भएको छ, केही पैसा प्रधानमन्त्री राहत कोषमा दिनु भनेको । त्यो बेला सुशील कोइरालालाई दिने हो भनेर भ्रम फैलाए । त्यो बेला मैले भनेको थिएँ ८ वटा सचिव हुन्छन् । योजना आयोगका उपाध्यक्ष अध्यक्ष हुन्छ, एक पैसा पनि गलत रुपमा प्रयोग हुँदैन भनेर । त्यो समयमा लाजै मर्नु १५ करोड रुपैयाँ उठ्यो । त्यो समयमा बैंकर्सहरु चाउ/चाउ लिएर यसो सेल्फी हानेर बस्नु भयो ।

यो चाँही साह्रै भएन भनेर राष्ट्र बैंकले १ प्रतिशत कर्पोरेट रेस्पन्सलिबीटी र ३ प्रतिशत कर्मचारीको वृति विकास गर्न खर्च गर्नु भनेको हो । त्यो समयमा तपाईहरुले सहयोग गरेको भए त्यो १ प्रतिशत सायदै आउने थियो कि थिएन । त्यो समयमा मेरो मनै खिन्न भयो । जिम्मेवार व्यक्तिले देश हेर्नुपर्ने हो ।

तपाईंहरुले पनि यही समाजबाट आएको हो । त्यो बेला मैले विदेशबाट आउने पैसा ल्याउने दर्ता हुने व्यवस्था गरेँ । भूकम्पको मनपरी धेरै पैसा आयो । त्यो भएर मैले खातामा एयरमार्क गरेको हो ।

त्यो समयमा देशलाई संकट परेको बेला पैसा रोक्यो भनेर भने । त्यो रोकेको छैन । देशको नाममा आएको पैसा नखाउन भनेर भनेको थिए । त्यो बेला प्रधानमन्त्री, अर्थमन्त्रीले खाता नरोक्न भने । म सबैसँग बाझेर बस्नु परेको थियो ।

अडियोमा सुन्नुहोस् गभर्नर नेपालले व्यक्त गरेको विचार

https://soundcloud.com/clickmandu-online/4hd5xuuzvbpw

(आइबिएन मिडिया रिसर्चले सोमबार आयोजना गरेको कार्यक्रममा गभर्नर नेपालले व्यक्त गरेको बिचार)


पुष्प दुलाल