हवाई सुरक्षामा काम गर्न नसकेको आरोप लागेका प्राधिकरणका डीजी पशुपतिको शरणमा !



तस्बिर स्रोत: RONB

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेका छन्। नेपाली आकाशमा ठूला हवाई दुर्घटना भइरहेको भन्दै अधिकारीले मंगलबार क्षमा पूजा गरेका हुन् ।

हवाई सुरक्षामा काम गर्न नसकिरहेको आरोप लागेका अधिकारी पशुपतिनाथको शरणमा पुगेका हुन् ।

गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज विमानस्थलभित्रै दुर्घटनामा पर्दा १८ जनाले ज्यान गुमाएपछि उड्डयन प्राधिकरण नेतृत्वको चर्को आलोचना भइरहेको छ ।

संघीय संसददेखि संसदीय समितिमा समेत आलोचना खेपेका अधिकारी मंगलबार क्षमा पूजाका लागि पशुपतिनाथ पुगेका हुन् ।

नियामक नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्रको नियमन गर्दै दुर्घटना न्यूनीकरणको उपाय लगाउनु पर्नेमा महानिर्देशक अधिकारी पूजाआजामा लागेका हुन् ।

‘नियामकको काम कमजोरीहरु पत्ता लगाएर त्यसमा सुधार गर्दै जाने र बारम्बार भइरहने दुर्घटनालाई कम गर्ने उपाय खोज्ने तिर लाग्ने हो,’ क्यान स्रोतले भन्यो, ‘आर्थिक लाभ हुने भन्दा अन्त नसोच्ने डीजी साप क्षमा पूजा तिर लाग्नु भएको छ ।’

अधिकारीले क्यानको नेतृत्व लिएपछि दुई वर्षमा ७ वटा ठूला हवाई दुर्घटना भएको भन्दै राजीनामा दिनुपर्ने माग उठिरहेको छ ।

संसदीय समितिमा पनि कांग्रेस सांसद उदयसमशेर जवराले दुर्घटनाको जिम्मेवारी क्यान नेतृत्वले लिएर राजीनामा दिनु पर्ने बताएका थिए । तर अधिकारी आफ्ना कारणले दुर्घटना बढेको स्वीकार गर्न तयार देखिएनन्। त्यसको दोष उडान भर्ने पाइलटहरु माथि लगाएर उनी पन्छन खोजे ।

एसियाली विकास बैंक (एडीबी) ले नेपालको उड्डयन क्षेत्रमा सेवाप्रदायक र नियामक निकाय छुट्याउन ताकेता गर्दै आएको छ तर क्यान महानिर्देशक अधिकारी त्यसलाई मान्न तयार छैनन् ।

संघीय संसद प्रतिनिधि सभाको बैठकमा सांसद अमरेशकुमार सिंहले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनुपर्ने बताएका थिए । सेवा प्रदायक र नियामक निकाय एउटै हुन नसक्ने उनको भनाइ थियो।

लामो समयदेखि आफूहरुले यसबारे बोलिरहेको भए पनि कसैले नसुनेको उनको भनाइ छ । कहिले पनि सेवा प्रदायक र नियामक एउटै नहुने उनले बताए । तर अधिकारीले राजनीतिक पहुँचका आधारमा नियामक र सेवाप्रदायकलाई छुट्याउन दिइरहेका छैनन् ।

युरोपियन युनियन (ईयु)को कालोसूचीबाट हटाउनको लागि प्राधिकरण नेतृत्वले अहिलेसम्म गरेको काम सन्तोषजनक र परिणाम आउने गरी काम गर्न सकेको छैन ।

नयाँ संरचना निर्माण लगायतका काममा मात्र अधिकारीले चासो दिने गरेका छन् तर हवाई उडान सुरक्षाका लागि भने उनले काम नगरेको आरोप लाग्ने गरेको छ ।

काठमाडौंमा सौर्य एयरको विमान दुर्घटना सम्बन्धी समाचार

विमानस्थलभित्रै आयल निगमले थापेको पासोः जोखिमयुक्त ‘डिपो’ सार्न अटेरी, दुर्घटना भए कति क्षति हुन्छ ?

सौर्य एयर दुर्घटना: नियामकको लापरवाहीले समयमै उद्धार नहुँदा एयरपोर्टभित्रै मृत्यु, प्राधिकरण नेतृत्वको ध्यान अन्तै

सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)


क्लिकमान्डु