काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस, कति रेक्टरको आयो ?

18.8k
Shares

काठमाडौं । काठमाडौंमा भुकम्पको ठूलो धक्का महसुस गरिएको छ । अहिले बिहान २:५१ मा राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको हो ।

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।

खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।