घरभित्रै गाडिएको अवस्थामा एक महिलाको शव बरामद

490
Shares

जनकपुर । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको बनिनिया टोलकी २० वर्षीया अञ्जली यादवको शव घरभित्र गाडिएको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यादबको शव उनकै घरको पूजाकोठामा गाडेको अवस्थामा फेला परेको हो । खाल्डोबाट निकालिएको यादबको शव सडेगलेको अवस्थामा फेला
परेको छ ।

केहि दिनदेखि यादब एक्कासी हराएकी थिइन । स्थानीयवासीले उनी हराएको र उनको श्रीमान्समेत घरमा नभएको बिषय प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अनुसन्धानको क्रममा शनिबार दिउँसो १ बजे यादबको घरबाट गाडिएको अवस्थामा शव वरामद गरेको थियो ।

अनुसन्धान गर्ने क्रममा अञ्जलीका श्रीमान् हरेराम यादब र १० महिने छोरीसमेत वेपत्ता रहेको खुलेको छ । श्रीमान्ले नै अञ्जलीको हत्या गरेको आशंकामा प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

गत शनिबार रामहरि र अञ्जलीबीच घरासयी विवाद भएको थियो । अर्कोदिन रामहरिले श्रीमती बेपत्ता भएको भनेर छरछिमेकमा सुनाएर वेपत्ता भएका थिए ।