पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ


काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् ।

पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका सिलसिलामा पक्राउ गरिएको हो ।

सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि विभागले पत्र पठाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्त प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए ।

सोही क्रममा उनलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखिएको छ । आजै काठमाडौं ल्याउने प्रहरीले तयारी गरेको छ ।

Skip This