नियामकमा अहिलेसम्मकै कान्छो नेतृत्व, सरकारले शरद ओझालाई सुम्पियो बिमा प्राधिकरण

नवनियुक्त अध्यक्ष ओझा पूर्वक्लिकमान्डुकर्मी हुन्

7.2k
Shares

काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ।

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वक्लिकमान्डुकर्मीसमेत रहेका ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ओझा ११ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष बनेका हुन् ।

अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो ।

त्यसअघि १२ आवेदकमध्ये चिरञ्जीवी चापागाईं र कमल प्रसाद रेग्मी पनि सर्टलिस्टमा परेका थिए । सर्टलिस्टमा परेका ५ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ताबाट ओझा, पुडासैनी र बसौला सिफारिस भएका हुन् । जसमध्ये ओझाले बाजी मारे । ओझा क्लिमान्डुका पूर्ववरिष्ठ संवाददाता तथा सिनियर म्यानेजर हुन्।

प्राधिकरणमा हालसम्म नियुक्त भएका मध्ये ओझा सबैभन्दा कम उमेरका अध्यक्ष बनेका छन् । कञ्चनपुरका ओझा ३३ वर्षका भए । प्राधिकरणमा मात्रै नभइ हालसम्म नियामक निकायमा नियुक्ति भएका कार्यकारी प्रमुखमध्येकै कम उमेरका हुन् ।

अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेटले युवालाई नियामक निकायको नेतृत्व सुम्पिएको हो ।

प्राधिकरण अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ ।

वर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायरगरेपछि कार्यकाल सकिनु एक महिना बाँकी छदै स्वत पदमुक्त भएका थिए । उनी पदमुक्त भएपछि साढे दुई महिना यता प्राधिकरणको नेतृत्व अर्थमन्त्रालयका सहसचिव मदन दाहालले गरिरहेका छन् ।

Skip This