दुर्घटनाको पीडा नसेलाउँदै सौर्य एयरलाइन्सलाई अर्को झट्का, वायुसेवा सञ्चालनको लाइसेन्स फेल



काठमाडौं । साउन ९ गते जहाज दुर्घटनपछि उडान बन्द भएको सौर्य एयरलाइन्सको उडानै अनिश्चित हुने गरी अर्को झट्का लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लिएको वायुसेवा सञ्चालन इजाजतपत्र (लाइसेन्स)को अवधि सकिएसँगै सौर्यको उडान अनिश्चितकालका लागि बन्द भएको छ ।

यसको उडान अवधि सकिनु १६ दिन अगाडि मात्रै दुर्घटनामा परेर उडान बन्द भएको यो वायुसेवाको २५ साउनदेखि लाइसेन्सको अवधिसमेत सकिएको छ । हरेक ५ वर्षमा नवीकरण गराउनुपर्ने लाइसेन्सको अवधि सकिएको यो वायुसेवाले पर्यटन मन्त्रालयमा लाइसेन्स नवीकरणको लागि आवेदन भने दिइसकेको छ ।

मन्त्रालयले इजाजतपत्रको अवधि नवीकरणका लागि यसको बक्यौता रहे नरहेको, जहाज उडान योग्य भए नभएको र उडान अनुमति नवीकरण गर्ने विषयमा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सुझाव मागेको छ ।

पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणको सुझावपछि मात्रै यसको इजातपत्रको नवीकरण हुने भएको छ । यसका लागि पर्यटन मन्त्रालयले उड्डयन प्राधिकरणको राय मागेको र उक्त राय आएपछि मात्रै इजाजतपत्र नवीकरणको प्रक्रिया अगाडि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

एकातर्फ जहाज दुर्घटनाबाट उच्च व्यवस्थापनका ४ जनासहितका १८ जना जनाको ज्यान गुमेको पीडामा वायुसेवा छ भने अर्कोतर्फ वायुसेवा सञ्चालनको इजाजतपत्र नै नभएका कारण यो वायुसेवालाई पुनः उडान सञ्चालनमै समस्या छ।

इजाजतपत्रको अवधि सकिएपछि उडान गर्न नपाउने भएकोले त्यसअघि नै नवीकरण गराइसक्नु पर्ने थियो । तर, कम्पनीले समयमा नै इजाजतपत्रको नवीकरण गराउन सकेन । यसैबीचमा जहाज दुर्घटनाको कारण सौर्यले थप ठूलो क्षति व्यहोरेको छ।

सीआरजे नामक ३ वटा मात्रै वायुयान भएको सौर्यको एउटा दुर्घटनापछि अब दुईवटा बाँकी छन् । यी दुईवटा पनि एउटा मात्रै जहाज उडानयोग्य भएकोले पनि सौर्यलाई पुनः उडान गर्न समस्या छ ।

एकातिर आर्थिक समस्यामा वायुसेवा परेको छ भने अर्कोतर्फ ५ वर्षभित्रमा ५ जहाज पुर्याउनुर्ने नियम उड्डयन प्राधिकरणले ल्याएको छ । यसले अझै भएका जहाज उडाउँदै आन्तरिक व्यवस्थापन मिलाउन खोजेको भएपनि इजाजत पत्र नवीकरण नहुँदा समस्या भएको छ ।

नियमित उडानको वायुसेवा कम्पनी सौर्यले सीआरजे जहाजमार्फत काठमाडौंबाट विभिन्न सहरी क्षेत्रका विमानस्थलमा सेड्युल उडान गर्छ । यो भद्रपुर, भैरहवा, विराटनगर, धनगढी र पोखरामा उडान गर्ने गरेको भएपनि पछिल्लोसमय काठमाडौंबाट विराटनगर र भद्रपुर मात्रै उडान गर्दै आएको थियो । यो वायुसेवासँग हाल ५० सिट क्षमताको सीआरजे २०० नामक एउटा मात्रै जहाज भएकोले यसका उडान गन्तव्य सीमित छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानन्द्र भुलले सौर्यमा कर्मचारी नभएको र जिम्मेवारी कर्मचारी नभएसम्म कम्पनीको उडान सञ्चालन अनुमति (एओसी) निलम्बनजस्तै अवस्थामा रहेको बताए । ‘सौर्यले जहाज उडान अब फेरि जिम्मेवार कर्मचारी पूर्ति गर्न नसकेसम्म उडान अनुमति पाउँदैन,’ प्राधिकरणका सूचना अधिकारी भुलले भने ।

गुण एयरलाइन्सको पनि इजाजतपत्र नवीकरण भएन

आन्तरिक उडानमा पुन: तयारी थालेको गुण एयरलाइन्सले पनि इजाजतपत्रको नवीकरणका लागि पर्यटन मन्त्रालयमा आवेदन दिएको छ । तर, यो वायुसेवाले करिब एक महिना अगाडि नै लाइसेन्स नवीकरण गर्न पर्यटन मन्त्रालयमा आवेदन दिएको भए पनि अहिलेसम्म अनुमति पाएको छैन ।

२०७९ फागुनबाट उडान बन्द भएको गुणले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम चुक्ता गरेको र कर्मचारी दायित्वसमेत पूरा गरेर फेरि सञ्चालनको तयारी गरिरहेको छ ।

गुणसँग हाल ७ वटा जहाज छन् । यी मध्ये ५ वटा जेटस्ट्रिम नामक जहाज बिक्री गरेर एटीआर ७२ जहाज ल्याउने तयारी गरिरहेको छ । यो वायुसेवाले आन्तरिक उडानका सहरी क्षेत्रका विमानस्थलमा नियमित सेड्युल फ्लाइट गर्ने छ ।

सम्बन्धित समाचार

सौर्य एयर दुर्घटना: जाँचबुझ आयोगले थाल्यो काम, सीभीआर र एफडीआरको डेटा विश्लेषण हुँदै

सौर्य एयरको विमान दुर्घटना: उपचाररत पाइलट शाक्यको प्रतिक्रिया- अल गुड !

सौर्य एयर दुर्घटना: नियामकको लापरवाहीले समयमै उद्दार नहुँदा एयरपोर्टभित्रै मृत्यु, प्राधिकरण नेतृत्वको ध्यान अन्तै

नेपालमा किन भइरहन्छन् विमान दुर्घटना ? अहिलेसम्म ६८ दुर्घटना

विमान दुर्घटनाका घाइते पाइलटलाई भेटेपछि प्रधानमन्त्रीले भने: अब यस्तो कहिल्यै नहोस् !

विमानस्थलभित्रै १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरको कहालीलाग्दो दुर्घटनाको नालीबेली

विमान दुर्घटना: टिचिङ अस्पतालमा शव परीक्षण सुरू, एक जनाको शव पत्ता लगाउन ४ घण्टा लाग्ने

क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त, भक्तपुरमा बुवा आमा भावविह्वल

सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)


राजु बास्कोटा