सौर्य एयरको उडान अनिश्चितकालका लागि बन्द, नेपाली हवाई सेवाको कालोसूची थप जोखिममा



काठमाडौं । बुधबार जहाज दुर्घटनापछि सौर्य एयरको उडान अनिश्चितकालका लागि बन्द भएको छ । दुर्घटनापछि शोकमा परेको यो वायुसेवाले तत्कालका लागि उडान बन्द गरेको हो ।

उडान सुरु गरेको ६ वर्षमा सौर्यको विमान भयानक दुर्घटनामा उच्च व्यवस्थापन तहका कर्मचारीसहित कार्यालय हाँक्ने कर्मचारीसमेत परेपछि एयरलाइन्स शोकमा डुबेको हो ।

शोकमा परेको वायुसेवाले आफ्नो अनुकुलमा केही दिन उडान नगर्नुलाई स्भावविक मानिन्छ । तर, यो वायुसेवालाई आर्थिक संकटसमेत परेकोले उडान व्यवस्थापन धान्न निकै मुश्किल परिरहेको थियो । एकातर्फ आर्थिक संकट गहिरिँदै जानु र अर्कोतर्फ जहाजका कर्मचारीसहितका उच्च व्यवस्थापन एकैपटक दुर्घटनामा परि निधन हुनेले यो वायुसेवाको उडान बन्द हुनु स्वाभाविक हो ।

यो वायुसेवासँग सीआरजे २०० नामक ५० सिट क्षमतका ३ वटा जहाजमध्ये अझै २ वटा छन् । एउटा जहाज एयरवर्दी (उडान योग्य) र अर्को एउटा भने मर्मतमै छ । यो वायुसेवा शोकमा डुबेकोले अर्को सूचना जारी नभएसम्को लागि उडान बन्द गरेको भए पनि यसलाई उडान गर्नमा कुनै बाधा नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

‘जहाजविहीन भएको अवस्थामा वायुसेवाको उडान सञ्चालन अनुमति (एओसी) आफैं निलम्बन हुन्छ तर सौर्यको २ वटा जहाज भएको र एउटा एयरवर्दी नै भएकोले जतिबेला पनि उडान गर्न सक्छ,’भुलले भने, ‘तर, यो वायुसेवाले नै आफ्नो अनुकुलमा उडान गर्न सक्ने गरी हाललाई सबै उडान स्थगित गरेको छ ।’

हरेक ५ वर्षमा पर्यटन मन्त्रालयबाट लिनुपर्ने उडान सञ्चालनको इजाजतपत्र (लाइसेन्स)को अवधि भने सौर्य एयरलाइन्सको साउन २५ गतेसम्मलाई मात्रै छ ।

यो समयावधिभित्र इजातपत्र नवीकरण गराएर नेपाल नागरिक उड्डन प्राधिकरणबाट एओसी नवीकरण गराउनुपर्छ ।

नेपालको हवाई क्षेत्र सन् २०१३ देखि युरोपेली युनियन (ईयूको) कालोसूचीमा छ । युरोपेली युनियनले नेपालको वायुसेवालाई उड्डयन सुरक्षा सूची (कालोसूची)मा राखेका कारण नेपालको उड्डयन क्षेत्रमाथि अन्तर्राष्ट्रिय निकायले प्रश्न उठाइरहेका छन् ।

नेपाली वायुसेवा कम्पनीलाई ईयूले कालोसूचीमा राख्नु भनेको नेपालमा दर्ता भएका वायुसेवालाई युरोपेली मुलुकमा उडानमा रोक लाग्नु हो । यो व्यस्थाले नेपाली वायुसेवा जोखिमपूर्ण भएकोले नचढ्न युरोपेली पर्यटकको लागि ट्राभल एड्भाइजरी जारी गरेको छ ।

नेपाली वायुसेवा कालोसूचीमा पर्नुको असर एक त अन्तर्राष्ट्रिय स्तरमा नेपालको उड्डयन छवी कमजोर हुँदै जान्छ भने अर्कोतर्फ नेपाली वायुसेवा युरोप जान पाउँदैनन् । यसको असर आन्तरिक वायुसेवामा विदेशी नचढ्ने, चढ्ने परे बिमा रकम बढी तिर्नुपर्ने, वायुसेवा कम्पनीले बिमा शुल्कमै चर्को रकम तिर्नुपर्ने, नेपालबाट बाहिर जाने उडानमा स्वीकृति नपाउने हुन्छ । कालोसूचीकै असरका कारण नेपाल वायुसेवा निगमले लामो समयदेखि कोरिया र अस्ट्रेलिया उडान अनुमति पाएको छैन ।

पर्यटन मन्त्रालयका एक पूर्वसहसचिव नेपाली वायुसेवामाथिको दबाब थप बढ्ने बताउँछन् । दुर्घटना नै घटाउन नकेका कारण ईयूको कालोसूचीबाट निस्कन गाह्रो परेको नेपाली वायुसेवालाई बुधबारको घटनापछि कालोसूचीबाट बाहिर निस्कन थप जटिल हुनेछ ।

सौर्य एयरको विमान दुर्घटना: उपचाररत पाइलट शाक्यको प्रतिक्रिया- अल गुड !

सौर्य एयर दुर्घटना: नियामकको लापरवाहीले समयमै उद्दार नहुँदा एयरपोर्टभित्रै मृत्यु, प्राधिकरण नेतृत्वको ध्यान अन्तै

नेपालमा किन भइरहन्छन् विमान दुर्घटना ? अहिलेसम्म ६८ दुर्घटना

विमान दुर्घटनाका घाइते पाइलटलाई भेटेपछि प्रधानमन्त्रीले भने: अब यस्तो कहिल्यै नहोस् !

विमानस्थलभित्रै १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरको कहालीलाग्दो दुर्घटनाको नालीबेली

विमान दुर्घटना: टिचिङ अस्पतालमा शव परीक्षण सुरू, एक जनाको शव पत्ता लगाउन ४ घण्टा लाग्ने

क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त, भक्तपुरमा बुवा आमा भावविह्वल

सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)


क्लिकमान्डु