सरकार भन्छ: दुई हवाई दुर्घटनाले नेपाली आकाश सुरक्षित नभएको पुष्टि



काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्ला दुई दिनमा भएका हवाई दुर्घटनाले नेपाल आकाश सुरक्षित छैन भन्ने पुष्टि गरेको बताएका छन् । नयाँ सरकार गठन भएलगत्तै भएको दुई हवाई दुर्घटनाबाट विश्वमा नकारात्मक सन्देश गएको निष्कर्षसहित सरकारले आवश्यक कानुनी र संरचनागत सुधार गर्ने प्रतिबद्धता पनि गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सुनाउँदै मन्त्री गुरुङले भने, ‘हिजोमात्र डाइनेस्टीको हेलिकप्टर दुर्घटना भयो । केही दिन अघि मात्र सौर्य एयरको बिमान दुर्घटना भएको थियो । यी दुई दुर्घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने कुरा पुष्टि भएको छ ।’ मन्त्री गुरुङले हिजो भएको घटनापछि सरकार अब वक्तव्य निकाल्ने र जाँचबुझ आयोग गठन गर्ने काम मात्रै नगर्ने पनि दाबी गरे ।

‘दुर्घटना हुने, छानबिन आयोग गठन हुने, रिपोर्टबारे कसैलाई मतलब नहुने । क्याबिनेटमा समेत नपुग्ने । यसकारण सरकारले के गर्ने भन्ने पनि तय हुँदैन’ उनले भने, ‘विभिन्न त्रुटिका कारण बिमान दुर्घटना भएको हुने गरेको भन्दै गुरुङले सञ्चालक हो कि कानुनको कारणले हो ? वा नीति र कानुनमा कमजोरी छ ? कि जसकारण नेपाली आकाश सुरक्षित बनाउन सकेका छैनौं ।’
नयाँ सरकार आइकनै दुई दुर्घटना हुनाले नेपाली आकाश सुरक्षित नभएको र सिंगो पर्यटन र लगानीको क्षेत्र प्रभावित बनाएको तर्क उनको छ ।

‘हिजो दुर्घटनामा परेका चिनियाँ नागरिक घुम्न जानु भएको थिएन, एक प्रकारका लगानीकर्ता हुनुहुन्छ । लगानीका क्षेत्र अबलोकन गर्न जानुभएको भन्ने आएको छ,‘ उनले भने ।

सरकारले नेपाली आकाश सुरक्षित नभएको, हवाई वा हेलि सेवा सुरक्षित छैन भन्ने देखाएको बारे लामो छलफल गरेको उनले बताए ।

यस विषयलाई सम्बोधन गर्न र समग्र समस्याको समाधान गर्न नीति रुपमा केके गर्नुपर्छ ? ऐन कानुनमा कहाँ त्रुटि छन् ? व्यवस्थापकीय जिम्मेवारी पाएको नियामक नेपाली नागरिका उड्डयन प्राधिकरणको कमजोरी कहाँ छ ? नियमन किन गर्न सकिरहेको छैन ? त्यसको वृहत् एप्रोचबाट समस्या पहल्यिाएर जानुपर्छ भन्ने निष्कर्ष सरकारले निश्चय गरेको उनले बताए ।

‘नेपाली आकाश सुरक्षित बनाउन सरकारले केही न केही नीतिगत र संरचनागत विषयमा सुधारको विषयमा मन्त्रिपरिषदमा कुरा भएको छ,’ उनले भने ।

सम्बन्धित समाचार

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई हटाउने प्रक्रिया सुरु
हवाई सुरक्षा सुधारबारे स्वतन्त्र छानबिन समिति गठन गर्न संसदीय समितिको निर्देशन
क्यानका डीजी प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्न संसदीय समितिमा माग
मालपानी खाएर क्यानमा प्रमुख नियुक्त गर्नेले दुर्घटनाको जिम्मा लिनुपर्छ: सांसद शाह (भिडियो)
६ अमेरिकी उडाउन अनुमति पाएको डाइनेस्टीको हेलिकप्टरले चिनियाँ लगेको खुलासा
डाइनेस्टी एयर दुर्घटनामा गम्भीर गल्ती: दुर्घटनाको ४८ मिनेटपछि उद्धार, कम्पनीको ‘भि टु ट्रयाक’ मा समस्या
नेपाली आकाशको सुरक्षामा नियामकको हेलचेक्र्याइँ बन्द गर
डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिनका लागि ३ सदस्यीय आयोग बनाउने सरकारको निर्णय
हेलिकप्टर दुर्घटना: ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
हेलिकप्टर दुर्घटना: क्याप्टेन मल्लसहित यी हुन् ५ मृतक (सूचीसहित)
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ४ चिनियाँ एकै परिवारका हुनसक्ने
काठमाडौंबाट उडेको ३ मिनेटमै टावरसँग हेलिकप्टरको सम्पर्क विच्छेद
वडाध्यक्षको बयान: हेलिकप्टर रुखमा ठोकिँदा रुख नै जलेको छ, पाँचै जनाको शव भेटियो
२० मिनेटमा स्याफ्रुबेसी पुग्नुपर्ने हेलिकप्टर १ घण्टासम्म सम्पर्कमा नहुँदा विमानस्थलको वेवास्ता
सूर्यचौरका वडाध्यक्ष भन्छन्- ‘हेलिकप्टर दुर्घटनास्थलमा बादल र तुवाँलो छ’
डाइनेस्टीको हेलिकप्टर खोज्न गयो प्रभु एयरको हेलिकप्टर
एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटना हुँदा आगो लाग्यो, ४ चिनियाँ यात्रु लिएर जाँदै थियो स्याफ्रुबेसी
५ जना सवार एयर डाइनेस्टिको हेलिकप्टर काठमाडौंको शिवपुरीबाट सम्पर्कविहीन


क्लिकमान्डु