हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ४ चिनियाँ एकै परिवारका हुनसक्ने



काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ४ चिनियाँ एकै परिवारको भएको जनाइएको छ ।

नुवाकोटको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले दुर्घटनामा ज्यान गुमाएका ४ चिनियाँ एकै परिवारको भएको हुन सक्ने आशंका गरिएको जनाए ।

‘विमान दुर्घटनामा क्याप्टेन अरुण मल्लसहित ५ जनाको शव फेला परेको छ,’ उनले भने, ‘४ जना चिनियाँ नागरिक एकै परिवारको भएको आशंका छ ।’

मृत्यु हुने ४ चिनियाँ ३ पुरुष र १ महिला रहेका छन् । ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी रहेका छन् ।


क्लिकमान्डु