उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई हटाउने प्रक्रिया सुरु



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले प्राधिकरणको नेतृत्वमाथि प्रश्न उठाएपछि मन्त्री पाण्डेले क्यान डीजी अधिकारीलाई बर्खास्त गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी गराएका हुन् ।

सरकारले अधिकारीलाई पदबाट हटाउँदा उनी अदालत गएर फेरि पुन:स्थापना हुन सक्ने भन्दै मन्त्री पाण्डेले फर्किएर नआउने गरी हटाउने बताए ।

अहिले मन्त्रालय मातहतका वेथिति र विसंगतिहरूलाई हटाउन १८ घण्टा काम गरिरहेको भन्दै मन्त्री पाण्डेले आफूलाई विकृतिको डुंगुरमाथि उभिएको अनुभुतिसमेत भइरहेको बताएका थिए । उनले आफ्ना सबै सार्वजनिक कार्यक्रम एक हप्ता रोकेर हवाई दुर्घटनाका विषयमा गहन अध्ययनका लागि समय दिने पनि बताए ।

१५ दिनमा दुईवटा हवाई दुर्घटना भइ २३ जनाले ज्यान गुमाएपछि प्राधिकरणका महानिर्देशक अधिकारीमाथि चौतर्फी प्रश्न उठिरहेको छ । पछिल्लो समय बढेको हवाई दुर्घटनाको विषयमा नियामक निकायको कमजोरी देखिएको भन्दै प्राधिकरणका महानिर्देशक (डीजी)लाई निलम्बन गरेर छनबिन गर्नुपर्ने भन्दै संसदीय समितिको बैठकमा सांसदहरुले माग गरेका थिए ।

पछिल्लो समयम क्यानको गैरजिम्मेवारीले हवाई दुर्घटना बढिरहेको भन्दै सांसदहरुले क्यान नेतृत्वमाथि प्रश्न उठाउँदै नैतिकता देखाउन आग्रह गरेका थिए । तर, बैठकमा बुधबारको एयर डाइनेस्टीको दुर्घटनाबारे जानकारी गराउन उपस्थित प्राधिकरण महानिर्देशकले भने बादल लागेको स्थानमा जान नमिल्ने व्यस्था भए पनि हेलिकप्टर बादलमा छिर्दा दुर्घटना भएको भन्दै आफ्नो जिम्मेवारी लिनबाट पन्छिएका थिए ।

संसद धबल संशेर राणाले माहतका कर्मचारीलाई निलम्बन गरेर कारबाही गर्नुपर्ने बताए । उनले क्यानले हेलिकप्टरलाई मेन्टिनेन्स पनि गर्ने ठाउँ पनि उपलब्ध गराउन नसक्ने नेतृत्वबाट हवाई सुरक्षा नहुने बताए । उनले भने,’सम्बन्धित निकाएका कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्नुपर्छ यसमा मन्त्रीले निर्णय गर्नुपछ ।’

अर्का संसद शिशिर खनालले पनि नियामक कै कमजोरीले हवाई दुर्घटना बढेको बताए । उनले पर्यटन मन्त्री बद्री पाण्डेको ध्यानकर्षण गर्दै क्यान नेतृत्वमाथि कारबाही गर्ने प्रस्ताब ल्याउनुपर्ने बताए ।

अर्का सांसद प्रभु साहले देशको हवाइ क्षेत्र कमजोर भएको र हवाई क्षेत्र मान्छे मर्ने निकाय भएको भन्दै भन्दै क्यान नेतृत्वलाई प्रश्न गरे ।

उनले क्यानका कर्मचारी जवाफदेही नदेखिएकोले पनि उनले राजीनामा दिनु पर्ने बताए ।

‘मालपानी लिएर नियुक्ति गराउने अनि जिम्मेवार नलिने ?’ अहिले पदमा बसेको बेला भएकोले लिडर तपाईंहरु हो । उहाँहरुलाइ कारबाही गर्नुस्’ साहले भने ।

अर्का सांसद राजेन्द्र बजगाईंले पनि धुलो बाहिर फाक्ने काम गर्नु पर्ने भन्दै कार्पेटभित्र राख्न नहुने बताए।

क्यानका डीजीले हवाई क्षेत्र सुधारको काम गर्न नसक्ने भन्दै सांसद बजगाईंले अधिकारीको राजीनामा माग गरे । उनले भने, ‘अहिलेका डीजीले भैरहवामा एरोबीज नबनाइ एअरपोर्ट बनाए, पोखरामा रनवे नै धसाएर पानी ट्यांकी नै काट्नु पर्ने गरि काम गरे । यो काम हेर्दा क्यानको डीजी ठेक्कामा मात्रै लागे । उनलाई तत्काल बर्खास्त गनुपर्छ ।’

अर्का सांसद उदयसमशेर जबराले पनि नियामक र सेवाप्रदायकलाई छुट्याएर जनुपर्ने बताए । उनले भने,’ क्यानको क्लिन सेपरेसन चाहियो । नियाम र सेवाप्रदायक एकै हुँदा समस्या देखिएको छ ।’

जवराले क्यानका डीजी प्रदीप अधिकारीलाई नै निरन्तरता दिएर हवाई दुर्घटनाको सही विवरण प्राप्त हुन नसक्ने बताए ।
‘अहिलेकै डीजी हुँदासम्म दुर्घटनाको सही रिपोर्ट आउँदैन,’ उनले भने ।

सांसद बिमलेन्द्र निधीले पनि अब एक्सनमै जानुपर्ने बताए । निधिले क्यानका डीजीलाई तत्काल पदमुक्त गर्नुपर्ने बताए ।

क्यानका डीजी प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्न संसदीय समितिमा माग
मालपानी खाएर क्यानमा प्रमुख नियुक्त गर्नेले दुर्घटनाको जिम्मा लिनुपर्छ: सांसद शाह (भिडियो)
६ अमेरिकी उडाउन अनुमति पाएको डाइनेस्टीको हेलिकप्टरले चिनियाँ लगेको खुलासा
डाइनेस्टी एयर दुर्घटनामा गम्भीर गल्ती: दुर्घटनाको ४८ मिनेटपछि उद्धार, कम्पनीको ‘भि टु ट्रयाक’ मा समस्या
नेपाली आकाशको सुरक्षामा नियामकको हेलचेक्र्याइँ बन्द गर
डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिनका लागि ३ सदस्यीय आयोग बनाउने सरकारको निर्णय
हेलिकप्टर दुर्घटना: ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
हेलिकप्टर दुर्घटना: क्याप्टेन मल्लसहित यी हुन् ५ मृतक (सूचीसहित)
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ४ चिनियाँ एकै परिवारका हुनसक्ने
काठमाडौंबाट उडेको ३ मिनेटमै टावरसँग हेलिकप्टरको सम्पर्क विच्छेद
वडाध्यक्षको बयान: हेलिकप्टर रुखमा ठोकिँदा रुख नै जलेको छ, पाँचै जनाको शव भेटियो
२० मिनेटमा स्याफ्रुबेसी पुग्नुपर्ने हेलिकप्टर १ घण्टासम्म सम्पर्कमा नहुँदा विमानस्थलको वेवास्ता
सूर्यचौरका वडाध्यक्ष भन्छन्- ‘हेलिकप्टर दुर्घटनास्थलमा बादल र तुवाँलो छ’
डाइनेस्टीको हेलिकप्टर खोज्न गयो प्रभु एयरको हेलिकप्टर
एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटना हुँदा आगो लाग्यो, ४ चिनियाँ यात्रु लिएर जाँदै थियो स्याफ्रुबेसी
५ जना सवार एयर डाइनेस्टिको हेलिकप्टर काठमाडौंको शिवपुरीबाट सम्पर्कविहीन


क्लिकमान्डु