डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिनका लागि ३ सदस्यीय आयोग बनाउने सरकारको निर्णय



काठमाडौं । सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे छानबिनका लागि जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिनका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

समितिमा एरोनटिकल इन्जिनियर विष्णु बस्नेत र एरोनटिकल इन्जिनियर तनुजा पोखरेल रहने छन् । समितिलाई काम थालेको मितिले ३० दिनभित्र प्रतिवदेन बुझाउने कार्यादेश तोकिएको छ ।


क्लिकमान्डु