डाइनेस्टीको हेलिकप्टर खोज्न गयो प्रभु एयरको हेलिकप्टर



काठमाडौं । एयर डाइनेस्टीको हेलिकटर दुर्घटनामा परेको छ ।

शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर आगो लागेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

‘सूर्यचौरको डाँडामा आगोलागेको र हेलिकप्टर वरपर केही व्यक्ति देखिएको स्थानीयबाट सूचना आएको छ’ उनले भने, ‘त्यसक्षेत्रमा खोजी कार्य र उद्धारका लागि जिल्ला प्रहरीको टोली तैनाथ भएको छ ।’

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा ४ चिनियाँ नागरिक यात्रु थिए । हेलिकोप्टर रसुवाको स्याफ्रुबेसी जान लागेको जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले हेलिकप्टर दुर्घटना भएको जानकारी दिए । एयर डाइनेस्टीको हेलिकप्टर खोज्न प्रभु एयरको हेलिकप्टर गएको उनले जानकारी दिए ।


क्लिकमान्डु