काठमाडौंबाट उडेको ३ मिनेटमै टावरसँग हेलिकप्टरको सम्पर्क विच्छेद



काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर काठमाडौं विमानस्थलबाट उडेको ३ मिनेटमै सम्पर्क विच्छेद भएको पाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर काठमाडौं विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ३ मिनेटपछि काठमाडौंको टावरसँग सम्पर्क विच्छेद भएको जनाएको छ ।

शिवपुरी गाउँपालिका वडा नं ७ सूर्यचौरमा दुर्घटनामा परेको पष्टी भएको प्राधिकरणले जनाएको हो ।

दुर्घटनाको खबर पाएसँगै उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको ९ एन एएनएल हेलिकप्टर प्रस्थान गरेको जनाएको छ ।


क्लिकमान्डु