सुलभको बयान: मैले कसैको टीएमएस चलाएको छैन र उधारोमा सेयर किनिदिएको पनि छैन

3.1k
Shares

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको रकम दुरुपयोग गरेर व्यवसायी दीपक भट्टको नाममा सेयर किनेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले आफूले कुनै पनि गलत काम नगरेको जवाफ दिएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोधपुछ गर्दा उनले ‘मैले गल्ती गरेको छैन, मैले कुन पैसा अवैध तरिकाले गरेँ र सम्पत्ति शुद्धीकरण गरेँ ?’ भन्दै प्रतिप्रश्न समेत गरेका छन् ।

जुन कम्पनीको रकम दुरुपयोग गरेको प्रश्न उठेको छ, सो कम्पनीमा आफू न त सञ्चालक र न त हस्ताक्षरकर्ता नै रहेको जवाफ समेत उनले दिएको अनुसन्धानमा संलग्न अधिकारीहरुले जानकारी दिए ।

यसअघि दीपक भट्टले सम्पत्ति शुद्वीकरण अनुसन्धान विभागले लिएको बयानमा आफूलाई सुलभले फसाएको भनेपछि सुलभ प्रकाउ परेका थिए । तर, सुलभले भने आफूले गलत काम नगरेको बयान दिएका हुन् । उनले सबै कारोबारहरूको कर तिरिएको पैसाबाट भएको दावी गर्दै यसलाई ’सम्पत्ति शुद्धीकरण’ भन्न नमिल्ने तर्क गरेका छन् ।

भट्टले सुलभमाथि आफूलाई थाहै नदिइ आफ्नो टिएमएस प्रयोग गरेर सेयर खरिद गर्ने अर्डर दिएको बयान दिएका थिए । आफूले सेयर किन्ने अर्डर पनि नदिएको र ब्रकरले आफूलाई सुलभले धोखाघडी दिएको र जालसाजी गरेको बताएका थिए । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार भट्टले आफूले सुलभलाई विश्वास गरेर टिएमएस दिएको स्वीकार गरे पनि सेयर किनेकोबारे अनविज्ञता प्रकट गरे । भट्टको टीएमएसको फुटप्रिन्ट अनुसन्धान गर्दा सुलभकै नक्सालस्थित कार्यालयबाट सेयर खरिद गर्ने अर्डर दिएको पाइएको छ ।

तर सुलभले भने आफूले भट्ट वा कसैको पनि टीएमएस चलाएर सेयर खरिद नगरेको दावी गरेका छन् ।

उनले आफ्नो नियत कसैलाई नोक्सान पुर्‍याउने वा राज्यलाई ठग्ने नरहेको दाबी गरेका छन् । दीपक र सुलभ एकअर्कालाई आरोप प्रत्यारोप लगाउन उत्रिएसँगै उनीहरुबीच विवाद रहेको देखिन्छ। ६/७ वर्षदेखि अत्यन्तै घनिष्ठ सम्बन्धमा रहेका उनीहरुबीच पछिल्लो समय विश्वास टुटेको देखिन्छ ।

सुलभपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छा पनि सोही विषयको अनुसन्धानका क्रममा पक्राउ परेका छन् । आजैमात्र नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पनि प्रकाउ परेका छन् ।

व्यवसायी दीपक भट्टको नाममा भृकुटी स्टक ब्रोकिङले उधारोमा सेयर किन्न दिएर सो रकम हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स लगायत विभिन्न कम्पनीबाट व्यवस्थापन गरेको आरोपमा सीआईबीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

दीपक-सुलभ प्रकरणमा यसअघिका समाचारहरूः

दीपक भट्टमाथि ३ अर्ब ८१ करोड दुरुपयोगको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान

व्यवसायी दीपक भट्ट पक्राउ

सम्पत्ति शुद्धीकरणको पत्रपछि सेबोन र प्राधिकरणले पठाएको प्रतिवेदन, जसले भट्टलाई पुर्‍यायो हिरासत

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति

भैरहवाबाट पक्राउ परे सुलभ अग्रवाल

पक्राउपर्ने भएपछि हिमालयन लाइफको अध्यक्षबाट शुलभ अग्रवालले दिएका थिए राजीनामा

सम्पत्ति शुद्धीकरणमा सुलभ अग्रवालको बयान

सुलभ अग्रवाल: थर्मल गन कालोबजारीदेखि सम्पत्ति शुद्धीकरणसम्म, के होला झन्डै खर्बको ऋण ?

सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

दीपक भट्टलाई उधारोमै १९ लाख कित्ता सेयर किनिदिने भृकुटी स्टक ब्रोकरलाई कारबाही, ३ महिना निलम्बित

दीपक भट्टको टीएमएस कहाँबाट र कसले चलायो ? ‘डिजिटल फुट प्रिन्ट’को अनुसन्धान सुरु

हिमालयन रिको सञ्चालक समितिबाट मोर र गुप्ताको पनि राजीनामा, यस्तो छ कारण

दीपक भट्टको बयान: सुलभ र ब्रोकरले मलाई जालसाजी गरेर फसाए… !

दीपक भट्टलाई उधारो सेयर किनिदिने भृकुटी निलम्बनमा पर्दा ८० हजार लगानीकर्तालाई समस्या

सुलभले दीपकलाई फसाएका हुन् कि मिलिजुली हिमालयन रिको रकम दुरुपयोग गरियो ? यस्तो छ नालीबेली

दीपक भट्ट र सुलभ अग्रवालको कार्यालयमा १२ घण्टा लामो छापा, कागजपत्र नियन्त्रणमा

हिमालयन रिको अर्बौं दुरुपयोग प्रकरणः ‘सरी दाइ गल्ती भयो’ भन्दै जब सुलभ अग्रवाल दीपक भट्टको खुट्टा समातेर रोए…

बिमा प्राधिकरणले सोध्यो हिमालयन रि-इन्स्योरेन्सका सीईओसहित ५ व्यवस्थापकलाई सात दिने स्पष्टीकरण

दीपक भट्टको स्टार माइक्रोमा गृहमन्त्री गुरूङको २५ लाखको सेयर, सम्पत्ति विवरणमा थिएन उल्लेख

भट्टको प्रभावले लाइसेन्स पाएको कम्पनीमा लगानीबारे सुधनले भनेः सबै कारोबार बैंकमार्फत गरेर सेयर लिएँ

हिमालयन रि–इन्स्योरेन्सबाट थप ४ को राजीनामा, दुई जना नियुक्त

सेबोनको रिपोर्टः दीपक र सुलभसहित दर्जन कम्पनीको टिएमएस एउटैको हातमा, यसरी हुन्थ्यो कारोबार

पब्लिक कम्पनीको रकम दुरुपयोग गरी सेयर किन्नेमा भट्ट-अग्रवालसहित को-को ?

सुलभको अपराध: अध्यक्ष हुँदै सेयर बेच्न छोरासँग अंशबण्डाको नाटक, मतियार बने कृषिव

छोरासँग नक्कली अंशबण्डा गरेर सुलभ आफैंले बेचे ३२ करोडको सेयर, ३ दिनमै आफ्नो खातामा पैसा ल्याए

सेबोनले गरेको दीपक भट्ट र सुलभ अग्रवालका दुई अनुसन्धान प्रतिवेदन, कुनमा के देखियो? (पूर्णपाठ)

व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालविरुद्ध बैंकिङ कसुरमा पनि अनुसन्धान सुरु

व्यवसायी शेखर गोल्छा पक्राउ

शेखर गोल्छाविरूद्ध अनुसन्धान गर्न ३ दिन म्याद थप

व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुपर्ने कारण पेस गर्न सर्वोच्चको आदेश

व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

दीपक-सुलभ प्रकरणमा नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ