
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको सञ्चालकबाट थप चार जनाले राजीनामा दिएका छन् ।
कम्पनीबाट अमित मोर (प्रतिनिधित्व शेयरधनी समूह क), राजीव मोर (प्रतिनिधित्व सेयरधनी समूह ख), शुभेच्छा खरेल (प्रतिनिधित्व शेयरधनी समूह ख ) र शुभाष कुमार कुनझुनवाला (स्वतन्त्र संचालक)ले राजीनामा दिएका हुन् ।
उक्त चार जनाको राजीनामा यहि वैशाख ४ गतेको बैठकबाट स्वीकृत भएको छ ।
साथै, सोही बैठकबाट दिपक कुमार मिश्र (प्रतिनिधित्व सेयरधनी समूह क, कालिका फिन्कोर्प प्रालि र आशिष चन्द्र न्यौपाने (स्वतन्त्र संचालक) नियुक्त भएका छन् ।
उनीहरुलाई आगामी वार्षिक साधारण सभासम्मका लागि यस कम्पनीको संचालकका रुपमा नियुक्ति गरिएको हो ।










प्रतिक्रिया