पक्राउपर्ने भएपछि हिमालयन लाइफको अध्यक्षबाट शुलभ अग्रवालले दिएका थिए राजीनामा

532
Shares

काठमाडौं । शुलभ अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीको सञ्चालक समितिमा अध्यक्ष पदमा रहेका अग्रवालले व्यक्तिगत कारण उल्लेख गरी २०८२ चैत १९ मा अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका थिए ।

तर, सम्पत्ति शुद्धीकरण मुद्दामा अग्रवाल चैत २० गते शुक्रबार पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण र शङ्कास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको राहदानी (पासपोर्ट) रोक्का गरिएको थियो ।

अध्यागमन विभागले शुक्रबारदेखि लागू हुने गरी अग्रवालका दुईवटा राहदानीहरू रोक्का गर्ने निर्णय गरेसँगै उनले अध्यक्षबाट राजीनामा दिएका थिए ।

कम्पनीको सञ्चालक समितिको चैत २० गते शुक्रबार बसेको ६३औं बैठकबाट अग्रवालको राजीनामा स्वीकृत भएको थियो ।

Skip This