महासंघमा पुनः बल्झियो कृषि उद्यम केन्द्रको अनियमिताको विषय, अख्तियारले पत्र पठायो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको अनियमिताको विषय पुनः बल्झिएको छ ।

महासंघले हरेक जिल्लालाई एउटा कृषि उत्पादनमा अगाडि बढाउनको लागि कृषि उद्यम केन्द्र संचालन गरेको छ । जसमा सरकार तथा दातृ निकायले पैसा दिएका थिए ।

कृषि उद्यम केन्द्रमा अनियमिताको पहिलो पटक संस्थागत रुपमा आवाज महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले उठाएका थिए । कोषाध्यक्ष प्रधानले अनियमिताको कुरा उठाएपछि उनले कोषाध्यक्ष पदबाट नै राजीनामा दिएर हिडेका थिए ।

ज्ञानेन्द्रलाल प्रधानले उद्योग वाणिज्य महासंघको कोषाध्यक्षबाट राजिनामा दिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन १ गते महासंघलाई पत्र पठाउदै कृषि उद्यम केन्द्रमा भएको खर्चको हिसाबको विवरण माग गरेको हो ।

महासंघलाई ७ दिनको पत्र पठाएर अख्तियारले कृषि उद्यम केन्द्र अन्तर्गत संचालिन केही परियोजनाको हिसाब मागेको हो ।

अख्तियारले कृषि उद्यम केन्द्रको खर्चको सबै विवरण माग गरेको छ । अहिलेसम्म गरिएको खर्च त्यसले उद्योग र उत्पादन बढाउनको लागि गरेको हिसाबको विवरण माग गरेको हो ।

ज्ञानेन्द्रलाल प्रधानको गोप्य अडियो भवानी राणालाई बुझाउने पत्रकार को हो ?

अख्तियारले कृषि उद्यम केन्द्रबाट सहयोग लिएको स्वर्गद्धारी सिड कम्पनी,एर्गी टेक प्रालि,रसुवागढी एग्रो फर्म,रौतहट माछा तथा दाना उद्योगको विवराण मागेको हो ।

यसअघि अख्तियारले महासंघलाई पत्र खर्चको पारदर्शीताको विषयमा प्रश्न उठाएको थियो ।

सरकारी पैसामा व्यवसायीको रजाईं, नैतिक संकटमा उद्योग वाणिज्य महासंघको नेतृत्व

अख्तियारले ति कम्पनी कहिलेदेखि संचालनमा आएको,उद्योग सुरुवातदेखि अहिलेसम्मको विवरण माग गरेको छ ।

महासं अन्तर्गत संचालित परियोजना भएपनि यसको खर्चको पारदर्शीतामाथि निकै नै प्रश्न छ ।

भवानी राणालाई पूर्वअध्यक्षहरुको पत्रः कृषि उद्यम केन्द्रको भ्रष्टाचार के हो ? प्रष्ट जवाफ देउ

महासंघमा महानिर्देशक भएर काम गरेका पूर्वसचिव शुरेशमान श्रेष्ठले राजीनामा दिदा समेत यो विषय उठाएका थिए ।

कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिदापनि आर्थिक अयिमिताको विषय उठाएपछि यो विषय चर्चामा आएको हो ।

महासंघको अध्यक्ष भवानी राणा सबैभन्दा लामो समय कृषि उद्यम केन्द्रको संयोजक थिइनन् ।


क्लिकमान्डु