सरकारी पैसामा व्यवसायीको रजाईं, नैतिक संकटमा उद्योग वाणिज्य महासंघको नेतृत्व



काठमाडौं । अर्बौंको सम्पत्ति भएका उद्योगी/व्यवसायीहरुले सरकारसँग करोडौं रुपैयाँ लिएर रजाईं गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यमशिलताको प्रवद्र्धन गर्नको लागि गठन गरिएको कृषि उद्यम केन्द्र  नामक एउटा संस्था छ ।

महासंघको विशिष्टिकृत अङ्ग भनिने कृषि उद्यम केन्द्रमा भएको भष्ट्रचारको कुरा बाहिर ल्याएको भन्दै महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजिनामा दिएका छन् ।

आइतबार बोलाइएको कार्यकारिणी समितिको बैठकमा महासंघ अध्यक्ष राणाले प्रधानले पत्रकारसँग गरेको अडियो बैठकमा नै सुनाएकी थिइन् । त्यसपछि प्रधानले कृषि उद्यम केन्द्रमा भष्ट्रचार भएको भन्दै राजिनामा दिएका थिए ।

महासंघको घटनाले पत्रकारिता क्षेत्र पनि मुझिएको छ । पत्रकारसँग गरेको कुराकानी अर्को पक्षलाई आंचारसहिता विपरित दिनु पत्रकारिताको न्यूनतम मूल्य मान्यता विपरितको काम हो । जुन पत्रकारले गरेपनि यो क्षम्य होइन यसले पत्रकारितालाई थप बद्नाम भने बनाएको छ ।

महासंघको कोषाध्यक्षबाट प्रधानले राजिनामा दिएपनि कृषि उद्यम केन्द्रको नाममा महासंघका जिम्मेवार पदाधिकारीले गरेको भष्ट्रचार भने छोपिएको छैन ।

महासंघको कार्यकारिणी समितिको बैठकले कृषि उद्यम केन्द्रमा अनियमिता भएको कुरालाई भने मानेको छ । तर, जिम्मेवार पदाधिकारी नै मुछिएको घटनामा सदस्यले छानबिन भने गर्न नसक्ने र यसको छानबिन अख्तियारले नै गर्नुपर्ने राय केही सदस्यको छ ।

‘अध्यक्षले कोषाध्यक्षलाई राजिनामा गर्न लगाएर घटनालाई लुकाउने प्रयास गर्नुभयो । तर, महासंघको आफ्नो छवी भने पूर्णरुपमा धमेलिएको छ।’ महासंघका एक कार्यकारिणी सदस्यले भने ।

महासंघमा पछिल्लो समय संसोधित गरेको व्यवस्था अनुसार कोषाध्यक्ष पद थपिएको हो । विधान अनुसार कोषाध्यक्ष हस्ताक्षर आर्थिक कारोबारमा हुने गरेको छ । तर, महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको आर्थिक कारोबारमा कोषाध्यक्षको संलग्नता नै थिएन । उनको हस्ताक्षर बिना कारोबार हुने गरेको थियो ।

महेशलाल प्रधान महासंघको अध्यक्ष बन्दा केन्द्रको स्थापना भयो । सरकारले पनि गैर सरकारी संस्थाले कृषि उद्यमको लागि पैसा लगानी गरे । केन्द्र अन्तर्गत ‘एक गाउँ एक उत्पादन’ संचालन भयो ।

तर, महासंघका पदाधिकारीले बजेट बढ्दै गएपछि जिल्ला भ्रमण र विदेश भ्रमणमा समेत केन्द्रको पैसाबाट गर्न थाले ।

‘महासंघमा गुटगत निर्वाचन हुन थालेपछि केन्द्र पैसा दुरुपयोग भयो,कति जिम्मेवार पदाधिकारीले यसलाई पैसा कमाउने बाटो बनाए,’ महासंघका एक कार्यकारिणी सदस्यले भने ।

‘व्यवसायमा सक्रिय हुनपर्ने व्यवसायी पूर्व अध्यक्ष महासंघमा जहिले हालीमुहाली गर्नको लागि खोज्नुको कारण पनि कृषि उद्यम केन्द्रको बजेट हो ।

राजिनापछि क्लिकमाण्डूसँग कुरा गर्दै प्रधानले आफूले कृषि उद्यम केन्द्रलाई पारदर्शी र अनियमितताबिहीन बनाउन प्रयास गरेको बताएका थिए ।

‘अमेरिकन संस्थाले दिएको पैसा बिल कर्मचारीले बनाएर खाएका छन्, केन्द्रको पैसामा पदाधिकारीहरु हेलिकप्टर चढेर भ्रमण गर्न गएका छन्, यो अनियमितता हो, रोकौं भन्दा मलाई राजिनामा गर्न बाध्य बनाइयो,’ प्रधानले क्लिकमाण्डूसँग भने ।

महासंघको कार्यकारिणी समितिको बैठकले कोषाध्यक्ष प्रधानको राजिनामा स्वीकृत गर्दै शकुन्तलाल हिराचनको संयोजकत्वमा समिति गठन गरेको छ । जसको सदस्यमा विनोद ढकाल छन् ।

यस्तै कर्मचारीले गरेको अनियमिताको छानबिन गर्नको लागि पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ । जसको सदस्यमा डिबी बस्नेत रहेका छन् ।

महासंघको कार्यकारिणी समितिको बैठकले कृषि उद्यम केन्द्रमा अनियमिता भएको कुरालाई भने मानेको छ । तर, जिम्मेवार पदाधिकारी नै मुछिएको घटनामा सदस्यले छानबिन भने गर्न नसक्ने र यसको छानबिन अख्तियारले नै गर्नुपर्ने राय केही सदस्यको छ ।

नेपालको निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ इतिहासकै कमजोर र विवादित अवस्थामा पुगेको छ । महासंघको स्थापनाकालदेखि सदस्य रहेको चेम्बर अफ कमर्श महासंघबाट अलग भइसकेको छ ।


क्लिकमान्डु