
काठमाडौं । सामाजिक सञ्जालका लोकप्रिय माध्यमहरू फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा शुक्रबार साँझदेखि अचानक प्राविधिक समस्या देखिएको छ । मेटा कम्पनी अन्तर्गतका यी प्लेटफर्महरूमा आएको अवरोधका कारण नेपालसहित विश्वभरका लाखौं प्रयोगकर्ताहरू प्रभावित भएका छन् ।
शुक्रबार साँझदेखि देखिएको यो समस्याका कारण प्रयोगकर्ताहरूले अनौठो प्राविधिक झमेला बेहोर्नु परिरहेको छ । धेरैजसो प्रयोगकर्ताको फेसबुक, मेसेन्जर र इन्स्टाग्राम अकाउन्ट चलाउँदा चलाउँदै अचानक स्वतः लगआउट भएको छ । पुनः लगइन गर्न खोज्दा ‘समथिङ वेन्ट रङ’ जस्ता सन्देशहरू देखिने गरेको प्रयोगकर्ताहरूले बताएका छन् ।
प्रयोगकर्ताहरूले रिपोर्ट गरे अनुसार अहिले चलाउँदा चलाउँदै अकाउन्ट आफैं लगआउट हुने, फेसबुक र इन्स्टाग्रामको फिड लोड नहुने, मेसेन्जर कल र मेसेज नहुने, पुनः लगइन गर्न खोज्दा ‘सेसन एक्स्पायर्ड’ वा ‘एरर’ देखाउने जस्ता समस्या देखिएका छन् ।
अकाउन्ट अचानक लगआउट भएपछि धेरै प्रयोगकर्ताहरूले आफ्नो अकाउन्ट ह्याक वा फेसबुकले बन्द गरिदिएको हुनसक्ने आशंका गरेका थिए । तर, यो समस्या कुनै व्यक्तिगत अकाउन्टमा नभई मेटाको सर्भरमै आएको प्राविधिक समस्या भएको बुझिएको छ ।









प्रतिक्रिया