
काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।
अदालतले छनोट समितिको सिफारिसमा परेका योग्यता क्रमअनुसारका उम्मेदवारलाई सुशासनको मूल्य र मान्यता अनुकूल हुने गरी आधार र कारण खुलाएर पुनः निर्णय गर्न सुझाउँदै यस्तो निर्णय सुनाएको हो ।
शुक्रबार न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
निगमको रिक्त पाँच वटा सञ्चालक सदस्य पदमा नियुक्तिका लागि २०८३ वैशाख १२ गते सूचना प्रकाशित भएको थियो ।
उक्त छनोट प्रक्रियामा सहभागी भई प्रस्तुतीकरण र अन्तर्वार्ता दिएका काठमाडौं ३१ का उपेन्द्रबहादुर कार्कीले आफूलाई पाखा लगाएर कनिष्ठलाई नियुक्त गरिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनले आफू पहिलो नम्बरमा सिफारिस भए पनि मन्त्रालयले नियुक्त नगरेको भन्दै उक्त नियुक्ति प्रक्रिया गैरकानूनी भएको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।









प्रतिक्रिया