ज्ञानेन्द्रलाल प्रधानले उद्योग वाणिज्य महासंघको कोषाध्यक्षबाट राजिनामा दिए



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले पदबाट राजिनामा दिएका छन् । आइतबार बसेको महासंघको कार्याकारीणी बैठकमा कोषध्यक्ष प्रधानले राजिनामा दिएका हुन् ।

कृषि उद्यम केन्द्रमा भएको अनियमितताको विषयलाई लिएर पछिल्लोसमय महासंघभित्र विवाद उत्पन्न भएका थिए ।

कोषाध्यक्ष प्रधानले कृषि उद्यम केन्द्रको विषयमा मिडियामा दिएको सूचनाको अडियो महासंघ अध्यक्ष भवानी राणाले मिटिङमै सुनाएपछि उनले राजिनामा दिएर हिँडेका हुन् ।

‘ज्ञानेन्द्रजीले कोषाध्यक्ष पदबाट राजिनामा दिनुभएको छ,’ महासंघका एक कार्यकारीणी सदस्यले क्लिकमाण्डूसँग भने ।

कोषाध्यक्ष प्रधानले आफूले पदबाट राजिनामा दिएको क्लिकमाण्डूलाई जानकारी दिए ।

‘मैले महासंघको कोषाध्यक्ष पदबाट आजै राजिनामा दिएको हुँ,’ प्रधानले भने ।


पुष्प दुलाल