दक्षिण कोरियाले कसरी जित्यो कोरोनाविरुद्धको लडाइ ? अरु देशका लागि हुन सक्छ उदाहरण



दक्षिण कोरियाको राजधानी सोलस्थित एउटा अस्पतालको पछिल्लतिरको पार्किङबाट आफ्नो कार निकाल्दै गर्दा ४५ वर्षे रशेल किमले कारको सिसा अलिकति तल झारिन र जिब्रो बाहिर निकालिन ।

उनी पछिल्लो साता डैंगु गएकी थिइन । डैंगु दक्षिण कोरियाको यस्तो क्षेत्र हो जुन केही समय अघि कोरोना भाइरसको चपेटमा आएको थियो ।

त्यहाँबाट फर्किएपछि नै रसेललाई खोकी शुरु भएको थियो र ज्वरो पनि आएको थियो । त्यसै समयमा विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको थियो । त्यसैले उनीलाई पनि कोरोना भाइरस भएकोमा शंका लागेको थियो ।

उनले आफूलाई परीक्षण गराउने निर्णय गरिन ताकी उनको डर स्पष्ट होस । दक्षिण कोरियामा दर्जनौं यस्ता केन्द्र बनाइएका छन् जहाँ तपाईले गाडीमा बसीबसी परीक्षण गराउन सक्नुहुन्छ ।

कोरोना भाइरसका कारण इरानमा यस्तो खराब अवस्था कसरी आयो ? नेपालले के सिक्ने ?

यीनै केन्द्रमा परीक्षण गर्ने मानिसहरु शरीरदेखि पैतलासम्म सेतो सुरक्षात्मक कपडा लगाएर उभिएको देख्न सकिन्छ । उनीहरु आँखामा चश्मा र मुखमा सर्जिकल मास्क तथा हातमा उपकरणहरु लिएका हुन्छन् ।

त्यस्ता सेन्टरमा उभिएमा दुईमध्ये एक रशेललाई एक स्वैव स्टिक (परीक्षणमा प्रयोग हुने उपकरण) दिन्छन् । रसेलले त्यसलाई आफ्नो मुखको भित्रसम्म पुर्याउँछिन् र त्यसलाई टेस्ट ट्यसवमा सुरक्षितसँग राख्दै जाँचका लागि अर्कोतर्फ उभिएको मान्छेलाई दिन्छिन् ।

त्योभन्दा पनि अझ अप्ठ्यारो जाँचका लागि उनले स्वाव किट नाकको भित्रसम्म लैजान्छिन् । यो निकै अप्ठ्यारो हुन्छ । किनभने यसो गर्दा आँखाबाट आँशु तप्पतप्त चुहिन थाल्छन् । तर यो सम्पूर्ण प्रक्रिया पूरा हुन डेढ मिनेट मात्रै लाग्छ ।

कोरोना भाइरसको लक्षण र बच्ने उपायबारे थाहा पाउनुहोस् (भिडियो)

त्यसपछि उनले आफ्नो कारको सिसा माथि राख्छिन र ड्राइभ गर्दै पार्किङ एरियाबाट बाहिर निस्कन्छिन् । यदी उनको जाँचको नतिजा पोजिटिभ आयो भने उनलाई कल गरी यसबारेमा सूचित गरिन्छ । यदी नतिजा नेगेटिभ आयो भने एउटा म्यासेज मात्रै पठाएर जानकारी दिइन्छ ।

नेगेटिभ प्रेसर रुम
दक्षिण कोरियामा हरेक दिन २० हजारभन्दा बढी मानिसको परीक्षण भइरहेको छ । परीक्षणको मामलामा यो आँकडा विश्वका कुनै पनि देशको तुलनामा निकै धेरै हो ।

रसेल पार्किङबाट बाहिर निस्किएको केही समयपछि नै उनको नमूना परीक्षणका लागि ल्यावमा पठाइयो । दक्षिण कोरियामा कोरोना भाइरस टेस्टका लागि बनाइएका यी ल्यावहरु २४ घण्टा र ७ वटै दिनमा कम गर्छन् ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा दिँदै यस प्रकारका कैयन ल्याव तयार पारिएको छ । जसले फ्रन्ट लाइनमा यी बिरामीलाई माथ दिने गरी काम गरिरहेका छन् ।

दक्षिण कोरियाले कोरोना भाइरस टेस्टका लागि ९६ पब्लिक र प्राइभेट ल्याव निर्माण गरिसकेको छ ।

कोरोनाको ‘इपिसेन्टर’ चीनबाट इटाली सर्यो, कोरियाले अपनाएको त्यो रणनीति…

त्यहाँका स्वास्थ्य अधिकारीहरुका अनुार यस प्रकारले मानिसहरुको जीवन बचाउन सकिन्छ । दक्षिण कोरियामा कोरोना भाइरसबाट हुने मृत्यु दर ०.७ प्रतिशत छ ।

यदी यसलाई वैश्विक स्तरमा विश्व स्वास्थ्य संगठनले जारी गरेको दरको कुरा गर्ने हो भने यो ३.४ प्रतिशत छ । तर वैज्ञानिकहरु भने अवस्था योभन्दा धेरै खराब छ किनभने हरेक केस दर्ता भइरहेको छ भन्ने जरुरी छैन ।

मैले ग्रीन क्रस ल्याव पनि हेरेँ जुन राजधानी सोलबाट बाहिरी क्षेत्रमा स्थापित गरिएको छ । जब रसेल त्यहाँ पुगिन नमूनाको नयाँ स्टक परीक्षण गर्नका लागि बस आइपुग्यो । डा. ओह येजिङने हामीलाई पूरै ल्यावरेटोरी देखाइन तर एक स्थानमा आएर हामीलाई रोक्दै त्यहाँबाट भित्र जा नमिल्ने बताइन । यो ठाउँ नेगेटिभ प्रेसर रुम थियो र जहाा टेस्ट हुन्थ्यो ।

उक्त कोठाभित्र २ जना डाक्टर थिए । उनीहरुले हल्का पहेँलो रंगका सुरक्षा कवच लगाएका थिए । त्यो कोठामा पस्ते सबै कहिले एउटा कुनमा जान्थे त कहिले अर्को कुनामा जान्थे । उनीहरुले एउटा डेस्कमा राखिएको टेस्ट ट्युब्स उठाएर दोस्रो डेस्कमा राख्थे ।

हामीले त्यहाँ आसपासमा दर्जनौं मेसिनका आवाज सुन्यौ । ती मेसिनहरु लगातार काम गर्दै नतिजा दिइरहेका थिए । यी मेसिनहरुले पीसीआर (पोलिमरेज चेन रियक्सन) परीक्षण गरिरहेका थिए । यसलाई सामान्य भाषामा भन्दा यी मेसिनहरुले कोरोनाको पोजिटिभ र नेगेभिट जाँच गरिरहेका थिए ।

टेस्ट ट्यसवमा नमूना राख्न र त्यसको परिणाम आउनका लागि ५ देखि ६ घण्टाको समय लाग्छ ।

मर्सबाट सिक्ने पाठ
प्रोफेसर गे चियोल कोन ल्यावरेटोरी मेडिसिन फाउन्डेसनका अध्यक्ष हुन् । उनका अनुसार यसरी तीव्र गतिमा काम गर्न सक्नु हरेक दक्षिणे कोरियालीको जितको हिस्सा हो । उनले यसलाई ‘बाली–बाली’ जीन भन्छन् ।

बाली कोरियाली शब्द हो । जसको अर्थ छिटो भन्ने हुन्छ ।

विश्वकै धनी विल गेट्सको खुल्लापत्र: कोरोना भाइरसले आध्यात्मिक ज्ञान दियो, धन सबैथोक होइन

उनले यसो किन भने भन्दा दक्षिढा कोरिया टेस्टको तरिका खोज्नमा सफल भयो र उनीहरुले देशभरका प्रयोगशालामा १७ दिनमा एउटा यस्तो नेटवर्क तयार बनाए जहाँ सक्रिय तरिकाले काम गर्न सक्ने अवस्था आयो ।

तर यी सबै प्रक्रियाका पछाडि एउटा नराम्रो अनुभव पनि छ ।

चियोल कोन भन्छन्, ‘हामी कुनै पनि नयाँ संक्रमणको खतराबाट लड्न सिकेका छौं, सन् २०१५ मा फैलिएको मिडिल इस्ट रेस्पाइरेटरी सिन्ड्रोम (मर्स)को सिकाइको नतिजा हो ।

जुन समय मर्सको प्रकोप फैलिएको लथियो । दक्षिण कोरियामा ३६ जनाले ज्यान गुमाएका थिए । ३६ जनाको मृत्युले देशलाई सक्रमणसँग लड्नका लागि तीव्र गतीमा उपयुक्त कदम उठाउनका लागि प्रेरित गर्यो । यसैले गर्दा पनि दक्षिण कोरियाले आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन पनि बाध्य भयो ।

जंगली जनावरबाट कोरोना भाइरस कसरी आइपुग्यो मान्छेसम्म ?

दक्षिण कोरिया सेन्टर फर डिजिज कन्ट्रोलले यस्तो विभाग स्थापना गर्यो जसले यसप्रकारका सबै खाले अवस्थासँग जु्ध्नका लागि हरेक समय तयार रहन्थ्यो ।

त्यसैले जब कोरोना भाइरसको संक्रमण जब विश्वभरी हैरानको कारण बनिरहेको थियो त्यसै समयमा दक्षिण कोरियाले यही आफ्नो पहिलेदेखिको तयारीबाट फाइदा लिन सक्यो । कोरोना विरुद्धको लडाइमा सफल पनि भयो ।

प्रोफेसन कोन भन्छन, ‘मलाई के लाग्छ भने शुरुवात संक्रमित मानिसहरुको पहिचान गर्न, उनीहरुको सही जाँच र उनीहरुलाई आइसोलेसनमा राखेर मृत्युदर रोक्न सकिन्छ र भाइरसको प्रसारलाई पनि नियन्त्रित गर्न सकिन्छ ।’

उनका अनुसार यस्ता समस्यासँग जुध्नका लागि पहिलेको अनुभव र पहिलेदेखि नै त्यसप्रकारको सिस्टम राख्नु निकै जरुरी हुन्छ ।

गत फेब्रुअरीको शुरुवातसम्म ग्रीन क्रसको टिमका लागि यी सबै कुरा निकै सामान्य लागेको थियो । तर त्यसपछि एक बिरामीको पहिचान भयो । जसलाई दक्षिण कोरिायमा अब पेसेन्ट ३१ का नामबाट पनि चिनिन्छ । यी महिलाको कुनै भ्रमणको रेकर्ड पनि थिएन ।

त उनी कुनै यस्तो व्यक्तिको सम्पर्कमा थिइन जो कोरोना पोजिटिभ थियो ।

उनी शिचेओँजी चर्च अफ जिसससँग जोडिएकी थिइन । योि धार्मिक समूदायमा करिब २ लाख सदस्य थिए । र, यही एक कारणले यस प्रकोपको मूल स्रोत खोज्न र उसको फैलावटबारे शुरुवाती जानकारी हासिल भयो ।

दक्षिण कोरियाका प्रयोगशालाहरु टेस्टका लागि तयार थिए । यद्यपि कर्मचारीहरु लगातार काम गर्ने र थकाइ हुने मुद्दा भने पक्कै पनि थियो । तर अब पालैपालो काम गर्न थालेका छन् ।

डा. ओहका अनुसार पहिलेको तुलनाम अहिलेको अवस्था निकै सुधार भइसकेको छ । र, अहिले उनीहरु काम सकिएपछि केही समय आराम पनि गर्न पाउँछन् ।

सबैका लागि रोलमोडल
दक्षिण कोरियामा टेस्टिङ किट्सको कुनै कमी छैन । ४ वटा कम्पनीले टेस्टिङ किट बनाउनका लागि अनुमति पाइसकेका छन् । यसको अर्थ के हो भने दक्षिण कोरियासँग सबै खाले क्षमता छ कि उनीहरु हरेक साता एक लाख ४० हजार वटा टेस्ट गर्न सक्छन् ।

प्रो कोन दक्षिण कोरिायमा उत्पादन भएका टेस्टको प्रमाणिकता ९८ प्रतिशत छ ।

यती धेरै संख्यामा मानिसहरुको परीक्षण गर्ने क्षमता तथा योग्यताले यो देश विश्वका अन्य देशका लागि रोल मोडल समेत बनेको छ । एउटा यस्तो देश जुन देश कोरोना भाइरसको संक्रमणसँग लड्नका लागि तयार छ ।

तर सबै राम्रो पनि छैन । केही गल्तीहरु पनि भएका छन् ।

अस्पतालमा बेड पाउने पर्खाइमा डैंगुभन्ने स्थानमा २ जनाको मृत्यु पनि भएको थियो । शुरुवातमा दक्षिण कोरियामा जसलाई संक्रमण भएको भेटिन्छ ती सबैलाई अस्पतालमै क्वारेन्टाइनमा राखिन्थ्यो ।

तर अब डाक्टरहरुले के थाहा पाए भने जुन मानिसहरुमा कोरोनाको संक्रमण निकै कम छ उनीहरुलाई घरमै बसेर पनि उपचार गर्न सकिन्छ । यस्तो अवस्थामा जुन मानिसहरु खतरापूर्ण अवस्थामा हुन्छन ती मानिसलाई अस्पतालमा शैया पाउन सजिलो हुन्छ ।

‘यही तरिका अपनाउँदा रणनीतिमा परिवर्तन गर्नु पर्ने देखियो ताकी मृत्युको आँकडा कम गर्न वा रोक्न सकियोस्, जस्तो अहिले इटलीमा भयानक रुपमा लिइसकेको छ, यस्तो अवस्थामा इटलीले पनि आफ्नो रणनीतिमा परिवर्तन गर्न जरुरी छ,’ उनले भने ।

भ्याक्सिन बन्ने आशा
जुन मानिसहरुको नमूना जम्मा र जाँच गरिएको छ र जसको परीक्षण भइरहेको छ त्यसको एक युनिट प्रोटिन पत्ता लागिसकेको छ ।

सबाट वैज्ञानिकहरुले एन्टिबडी पत्ता लगाउँदै भविष्यमा यसबाट बच्नका लागि भ्याक्सिन उत्पादन गर्ने आशा बढाएका छन् ।

ली नाम गरेका एक व्यक्तिले हरेक साता रगतको परीक्षण गराउन जाँछन् । उनी वु्हानमा काम गर्दथे । उनी डिसेम्बर महिनामा पनि त्यही नै थिए । जब यो भाइरस पत्ता लाग्यो उनलाई दक्षिण कोरिया सरकारले फिर्ता लिएर आयो र परीक्षण गर्दा उनमा पोजिटिभ देखियो ।

र, उनी आमा यो विषयलाई लिएर निकै दुखि पनि भएकी थिइन ।

उनले आमालाई सम्झाउँदै यसमा कुनै चिन्ता लिनुनपर्ने भन्दै आफू २८ वर्षको भएको र रोग मध्यम चरणमा रहेको बताएका थिए ।

लीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भने- ‘शुरुमा म ठीक थिए, आराम महसुस गरिरहेको थिएँ, मलाई कुनै पनि लक्षण देखिएको थिएन । सामान्य खँकार मात्रै देखिएको थियो । र, म आप्नो अनुवभले के भन्छु भने हामी आफूहरु निके सचेत रहनु निकै जरुरी छ, धैर्यता राख्नु पर्छ र विशेष गरी वृद्धवृद्धाहरु निकै सचेत हुनु जरुरी छ ।’

जानकारी हुन राम्रो
दक्षिण कोरिायमा अहिलेसम्म पनि कोरोना भाइरसँग लड्नका लागि उपायहरु अपनाइ राखिएको छ । जसमा लकडाउन कतै पनि छैन ।

अर्थात् सुरक्षा उपायका नाममा न त कतै बन्द त न त सडकमा प्रतिबन्ध नै छ । र, न त मानिसहरुको आवतजावतमा रोक नै लगाइएको छ ।

दक्षिण कोरियासँग यस भाइरससँग लड्नका लागि एउटा मन्त्र छ, पहिचान, परीक्षण र उपचार ।

लगभग ५ करोडको जनसंख्या भएको देशमा भाइरससँग लड्नका लागि ससाना प्रयासलाई पनि महत्व दिइएको छ । स्कुल अहिले पनि बन्द छन्, कार्यालयमा मानिसहरु नआउन र घरबाटै काम गर्न भनिएको छ र मानिसहरुलाई कुनै भेला समारोहमा नजान समेत भनिएको छ ।

सोलको सडकमा विस्तारै मानिसहरुका आवाज बढीरहेका छन् । धेरै जसो मानिसहरु मास्कमा देखिन्छन् । हरेक प्रमुख भवनबाहिर थर्मल ट्रेसिङको व्यवस्था गरिएको छ ।

हर लिफ्टमा ह्यान्ड सेनिटाइजरको व्यवस्था गरिएको छ । ठाउँठाउँमा मानिसहरु मानिसलाई जानकारी दिनका लागि राखिएको छ ।

दक्षिण कोरियामा विस्तारै विस्तारे चलन सामान्य भइरहेको छ । तर स्वास्थ्य अधिकारीहरु अझै पनि आश्वस्त हुन सकेका छैनन ।

नीहरु अझै पनि लापरबाही खतरनाक हुन सक्ने बताएका छन् । यदी कसैले चर्च, अफिस, जिम वा सोसाइटीमा कुनै पनि प्रकारको लापरबाही गर्यो भने परिणाम भयानक हुन सक्छ ।

र, अन्तिममा रसेल किमको टेस्टको परिणाम के भयो भन्ने प्रश्न जुन छ, उनलाई अर्को दिननै मोबाइलमा म्यासेज आयो कि उनी भाइरसबाट संक्रमित छैनन ।

उनी भन्छिन, ‘टेस्टपछि भाइरस संक्रमित छैन भन्ने थाहा पाउनु निकै राम्रो कुरा हो, यो ठूलो राहत पनि छ किनपनि भने म अरु कसैका लागि पनि खतरनाक छैन ।’

साभार


क्लिकमान्डु