कोरोना भाइरसको लक्षण र बच्ने उपायबारे थाहा पाउनुहोस् (भिडियो)



काठमाडौं । चीन, इटली, इरान लगायतका देशहरुमा फैलिएको कोरोना भाइसरसको संक्रमण अहिले विश्वव्यापी जस्तै बनिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम क्षेत्र मानेको छ ।

यदि नेपालमा कोरोना भाइरसको संक्रणम देखिएमा कसरी साबधानी अपनाउने भनेर जानकारी दिने उद्देश्यले यो सामाग्री तयार पारिएको हो ।

कोरोना भाइरसको लक्षण

-ज्वरो आउनु र खोकी लाग्नु,

-छिटोछिटो सास फेर्नु,

-सास फेर्न गाह्रो हुने,

-समयमा उपचार नभएका निमोनिया हुनु,

-सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,

-मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ ।

कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?

-नियमित रुपमा हात सफा गर्ने,

-खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,

-मासु र अण्डा राम्रोसँग पकाएर खाने,

-कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।

-घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा तथा फेस मास्क अनिवार्य लगाऔं ।

-एकपटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा/परिवर्तन गरौ ।

-घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौ तथा दैनिकरुपमा सफा राखौं ।

-घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोली सकेपछि÷बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔ वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।

-ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।

-घरका सबै सदस्यले आ–आफ्नै टुथब्रस, थाली/प्लेट, चम्चा प्रयोग गरौं । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौं ।

-सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौं। नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौं।

– रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔ ।

-घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौं । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौं।

-एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुनः प्रयोग गरौं ।

-खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसंग हात धोऔं ।

-यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घरभन्दा बाहिर यात्रामा नस्किऔं । घरमा छुट्टै आइसोलेसन रुममा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔं। मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।

-दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ । शरिर सफा राखौं र सफा कपडा मात्र प्रयोग गरौं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौं ।


पुष्प दुलाल