जंगली जनावरबाट कोरोना भाइरस कसरी आइपुग्यो मान्छेसम्म ?



बिबिसी । चीनको एक गाउँमा उँडिरहेको चमेरोले बिष्ट्यायो। त्यो विष्टा जंगलको जमिनमा खस्यो । त्यसमा कोरोना भाइरसहरु थिए ।

त्यो चमेराको बिष्टालाई जंगली जनावर सम्भवतः सालकले सुँघ्यो । र, उसको माध्यमबाट अन्य जंगली जनावरमा कोरोना भाइरस फैलियो।

संक्रमित जनावरहरु मान्छेको सम्पर्कमा आए । र, त्यस्ता जनावारसँग सम्पर्क गर्ने मान्छेमा कोरोना भाइरस सर्यो ।

त्यसपछि वन्यजन्तु र बजारमा काम गर्नेहरुमा कोरोनाको संक्रमण भयो। जुन अहिले विश्वभरि फैलिइसकेको छ। विश्वलाई नै आतंकित बनाएको छ ।

माथि उल्लेख गरिएका कथनहरु अहिलेसम्म आशंका र अनुमान मात्रै हुन् । त्यो सत्य हो कि होइन भनेर वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् ।

बैज्ञानिकहरु कोरोना भाइरस जनावरबाट मान्छेमा फैलिएको यकिन गर्न प्रयासरत छन्।

कोरोना फैलिएको घटना जासुसी कहानी जस्तो लाग्, अनुसन्धानमा संलग्न वैज्ञानिक जुलोजिकल सोसाइटी अफ लन्डनका प्रोफेसर एन्ड्रयु कनिङगम भन्छन् ।

धेरै जंगली जनावरहरु कोरोना भाइरसका स्रोत हुन सक्ने कनिङगको अनुमान छ। तर खासगरी चमेरोमा धेरै संख्यामा कोरोना भाइरस हुन्छन्। र, ती फरक-फरक किसिमका हुन्छन्।

युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर केट जोनसका अनुसार यो कुराको प्रमाणित छ कि चमेरो पनि कति अवस्थामा बदलिँदै गएको छ।

चमेरो पनि बिरामी पर्छ, विभिन्न खालका विषाणुसँग टक्राउँछ, यसमा कुनै शंका छैन, चमेरोमा धेरै खालका जिवाणु पाइन्छन्, जोनस भन्छन् ।

अहिले कुन जनावरले मान्छेलाई कोरोना भाइरस सार्यो भन्ने रहस्यकै गर्भमा छ । पहिलोपटक यो भाइरस चीनको वुहानमा फैलिएको थियो। जसको कारण सालक रहेको धेरैको अनुमान छ। पहिलो चरणको अनुसन्धानले पनि यही देखाएको छ। लोपोन्मुख प्रजातिमा पर्ने सालक संसारभर धेरै तस्करी हुने जनावर पनि हो। 

एशियामा यसको सबैभन्दा धेरै माग छ। चीनमा परम्परादेखि नै यसको मासु औषधिका रुपमा प्रयोग गरिँदै आएको छ। धेरैले यसको मासु निकै मीठो मानेर खान्छन्। कोरोना भाइरस सालकमा पनि पाइएको छ।

यो नोवेल ह्युमन भाइरससँग मिल्दोजुल्दो भएको कतिपय बैज्ञानिकहरुको दाबी छ। अब प्रश्न उठ्छ- संक्रमण फैलिनुभन्दा पहिले के चमेरो र सालकको विषाणुमा अनुवांशिकी आदान-प्रदान भयो ?

विशेषज्ञहरु निष्कर्षमा पुग्न सकिरहेका छैनन्। सालकमाथि गरिएको अध्ययनको पूरा तथ्यांक अझै सार्वजनिक गरिएको छैन। प्रोफेसर कनिङगम भन्छन्- सालकको पृष्ठभूमि र त्योसँग जोडिएको खोज अहम् हुनसक्छ।

सालक र अन्य जीवका साथै चमेरोका कति प्रजाति समेत मासु बजारमा बिक्री हुन्छन्। यस्तो अवस्थामा यी जिवाणु एक जीवबाट अर्कोमा जाने मौका पाउँछन्। उनी भन्छन्, ‘मासु बजार एक जीवबाट अर्को जीवमा जिवाणु फैलाउने सवैभन्दा राम्रो ठाउँ हो।’

दि गार्जियनको रिपोर्टअनुसार यति सम्म कि वुहानको एक पसलमा ब्वाँसोका बच्चा बिच्छी, मुसा, लोखर्के, फ्याउरो, कछुवा र गोही पाइन्थे।जनावरहरु काटेर वा जिउँदै बेचिने कयैन बजारलाई कोरोना फैलिएपछि चीनले मासु बजार बन्द गरिसकेको छ।

हालैका वर्षमा विभिन्न प्रकारका विषाणुहरु (इबोला, एचआईभी, सार्स र अहिले कोरोना भाइरस) जनावरबाट मान्छेमा फैलिए। नयाँ विषाणु जसरी अहिले फैलिरहेका छन्। विगतमा यस्तो कहिल्यै भएको थिएन।

सन् २००२ देखि १ वर्ष सार्स कोरोना भाइरस फैलिँदा अहिले जस्तै भएको थियो। त्यो बेला पनि जंगली जनावरको बजार अस्थायी रुपमा बन्द गरिएको थियो। अहिले पनि बन्द गरिएको छ ।

विश्व आक्रान्त भएको यो भाइरस कुन समयमा र कसरी नियन्त्रण होला ? अहिलेसम्म ठ्याक्कै भन्न सक्ने अवस्था छैन । यो भाइरसले केही दिनयता देखि नेपाललाई पनि क्रान्त बनाएको छ । कोरोनाको संक्रमण थप फैलिन नदिनका लागि यही मगंलबारदेखि नेपाल सरकारले १ हप्ताका लागि पहिलो चरणको लक डाउन गरेको छ । यद्यपि कोरोना संक्रमितहरु दिनानदिन बढिरहेको तथ्यांकले देखाएको छ । बीबीसीको सहयोगमा


पुष्प दुलाल