कोरोना भाइरसका कारण इरानमा यस्तो खराब अवस्था कसरी आयो ? नेपालले के सिक्ने ?



कोरोना भाइरसको मार जुन देशमा सबैभन्दा बढी परेको छ त्यसमध्येको एक हो इरान । जहाँ हालसम्म २७ हजारभन्दा बढी मानिसहरु संक्रमित तथा २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

तर इरानमाथि वास्तविक आँकडा लुकाएको आरोप लगाउँदै पनि छ । आलोचकहरु यथार्थमा यो आँकडा निकै धेरै भएको दाबी गर्दै आएका छन् । उनीहरु इरान सरकारलाई कोरोनाको खतरालाई कम भएको गलत तथ्यांक देखाएको आरोप लगाउँदै आएका छन् ।

गत १९ फेब्रुअरीमा इरान सरकारले पहिलो घोषणामा त्यहाँका जनतालाई यो भाइरसबाट नडराउन भनेको थियो ।
इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेइले कोरोना भाइरसको जोखिमलाई वेवास्था गर्दै इरानका दुस्मनहरुले खतरालाई बढाइचढाइ देखाएको आरोप समेत लगाएका छन् ।

त्यसको एक सातापछि संक्रमित र त्यसबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै त्यहाँका राष्ट्रपति हसन रुहानीले सर्वोच्च नेताका शब्द दोहोर्याउँदै ‘षडयन्त्र र देशका दुस्मनहरुले डर पैदा गर्ने प्रयास’बारे जानकारी गराएका थिए ।

उनले यो इरानलाई रोक्नका लागि गरिएको भन्दै जनतालाई आम जनजीवनमा नियमित रुपमा काम गर्न भनेका थिए ।

केही समय पहिले त्यहाँको सरकारी टेलिभिजनको एक कार्यक्रममा कोरोना भाइरस अमेरिकाले बनाएको ‘बायो अस्त्र’ भएको आशंका समेत गरिएको थियो ।
त्यहाँ सर्वोच्च नेताले ‘बायोलोजिकल आक्रमण’का बारेमा समेत ट्विट समेत गरेका थिए ।


तीव्रगतिमा फैलियो भाइरस

इरानमा कोरोना भाइरस देखिएको १६ दिनमा ३१ वटा प्रान्तमा फैलिसकेको थियो । साथै इरान, पाकिस्तान, युएई, कुवेत, कतार जस्ता देशमा १६ वटा देशले इरानकै माध्यमबाट भाइरस फैलिएको दाबी समेत गरेका छन् ।

विश्व स्वास्थ्य संगठनलाई मान्ने हो भने सन् २०१६ मा इरानको जनसंख्या ८ करोड २ लाख ७७ हजार थियो । तथा इरानले आफ्नो जीडीपीको ६.९ प्रतिशत (सन् २०१४) हिस्सा स्वास्थ्यका लागि खर्च गरिन्छ ।

यसका वावजुत पनि इरान कोरोनाको खतरा हटाउनका लागि संघर्ष गरिरहेको छ । साथै अमेरिकाको सहयोगलाई समेत अस्वीकार गरिसकेको छ ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईका अनुसार इरान अमेरिकामाथि विश्वास गर्न सक्दैन ।

‘अमेरिकामाथि यो भाइरस फैलाएको आरोप लागेको छ, मलाई थाहा छैन कि यो कति सही हो, तर कोही पनि समझदार मानिस अमेरिकामाथि विश्वास गर्दैनन्,’ उनले भने ।

यो बनाय यस्तो अवस्थामा आएको थियो जब कैयन अधिकारीहरुले यात्रा नगर्न अपिल गरिरहेका बेलामा इरानका मानिसहरु वर्षको सबैभन्दा ठूलो बिदा पर्सियन न्यू इयर अर्थात् नौराज मनाइ रहेका थिए ।

यसका लागि हजारौं मानिसहरु पारिवारिक होलिडे मनाउनका लागि क्यासपियन समुन्द्र र देशका कैयन क्षेत्रमा जम्मा भएका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले स्थिती सम्हाल्नका लागि मानिसहरुलाई यात्रा नगर्न र घरमै सीमित हुन अपिल गरिरहेका थिए ।

तै पनि त्यहाँका मानिसहरु ठूलो संख्यामा यो चेतावनीलाई वेवास्ता गर्दै न्यु इयर होलिडेको अवसरमा आएका थिए ।

त्यो समयमा सडकमा भारी ट्राफिक पनि देखिएको थियो । सामाजिक सञ्जालमा राजधानी तेहरानको मुख्य सडकमा ट्राफिक जाम भएको तस्बिर समेत सेयर भएका थिए ।

इरानले के कदम उठायो ?
इरानका राष्ट्रपति रुहानीले देशभरमा सपिङ सेन्टर तथा बजार १५ दिनका लागि बन्द गर्न आदेश दिइसकेका छन् भने औषधि र दैनिक अत्यावश्यक सामग्री खरिदका लागि छुट दिइएको छ ।

प्रशासनले अब कोम तथा मशहाद सहरका प्रमुख धार्मिक स्थल पनि बन्द गरिदिएको छ ।

कोमामा रहेका धार्मिक स्थल शिया मुस्लिमका लागि निकै पवित्र मानिएको मस्जिदमा हरेक वर्ष लाखौं शिया मुस्लिम श्रद्धालुहरु आउँछन् ।

यो इलाका अहिले कोरोना महामारीको केन्द्र बनेको छ । यहाँका धार्मिक स्थलमा पहिले बन्द नगरिएको भन्दै इरान सरकारको निकै आलोचना समेत भएको छ ।

इरानका संसादमा उप सभामुख तथा पूर्व स्वास्थ्य मन्त्री मसूद पेजेशियनले कोमलाई पहिलो दिन मै क्वारेन्टाइन गर्नुपर्ने बिचार व्यक्त गरिसकेका छन् । उनले यो बिरामी कुनै मजाक नभएकाले समस्या समाधानका लागि निकै चुनौतीपूर्ण भएको बताइसकेका छन् ।

तर धार्मिक स्थल बन्द गरिसकेपछि पनि मसहादमा बिदाको अवधिमा लाखौं मान्छो आउने क्रम जारी नै रह्यो ।

सहरका मेयर मानवीय तबाही हुन सक्ने चेतावनी दिइसकेका छन् भने सहरलाई लकडाउन नगरेको भन्दै सरकारको आलोचना समेत गरेका छन् ।

यद्यपि सरकारले स्कुल, विश्वविद्यालय तथा धार्मिक स्थल बन्द गरिसकेको छ भने सास्कृतिक तथा धार्मिक समारोहमा पनि रोक लगाइएको छ । तर पूर्णरुपमा अझै पनि लकडाउन भने गरिएको छैन ।

राष्ट्रपति रुहानीले परिवार तथा कारोबारमा आएको दबाब कम गर्नका लागि आर्थिक कदमको घोषणा समेत गरेका छन् ।

जसमा स्वास्थ्य बीमा, कर तथा जरुरी सुविधाको बिल पेमेन्टका विषयमा राहत घोषणा गरिएको छ ।

इरान सरकारले देशका ३० लाख गरिब मानिसहरुलाई नगद रुपैयाँ सहयोग स्वरुप दिने घोषणा गरेको छ भने ४० लाख मानिसहरुलाई कम ब्याजमा ऋण समेत दिने घोषणा गरिसकेको छ ।

सरकारलाई अझै धेरै काम गर्नुपर्ने थियो ?


आलोचकहरु भन्छन्, इरान सरकारले कोरोना प्रसार रोक्नका लागि शुरुवाती समयमै कडा कदम उठाउनु पर्ने थियो ।

तर विदेशमन्त्री मोहम्मद जवाद जरिफ अनुसार अमेरिकाको प्रतिबन्धका कारण इरानमा हेल्थकेयर सिस्टमको पनि ठूलो झट्का लागेको हो । जरिफका अनुसार यसले इरानको संसाधनलाई कमजोर बनाएको छ ।

तर अमेरिकाले आफूले लगाएको प्रतिबन्ध लगाएका कारण इरानमा मेडिकल सप्लाईको आयातमा समस्या आएको भन्ने इरानको दाबीलाई भने अस्वीकार गरिसकेको छ ।

अमेरिकाले मानवीय जरुरीका लागि आवश्यक सामानका लागि छुट दिइएको दाबी समेत गरेको छ ।

तर इरानका अनुसार कम्पनी कम्पनीहरुले पैसाको कारोबार गर्न पाएका छैनन । बैंकहरुले अमेरिकाको प्रतिबन्धलाई देखाउँदै रिस्क लिन चाहेका छैनन् । इरान सरकारका अनुसार अब ५ बिलियन अमेरिकी डलरको सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग कुरा गरिनेछ ।

के इरानसँग पर्याप्त मात्रामा मेडिकल उपकरण छन् ?


विश्व स्वास्थ्य संगठनले इरानका स्वास्थ्यकर्मीका लागि डाइग्नोस्टिक किट तथा सुरक्षा उपकरण पठाइएको छ । जसमा ७.५ टन मेडिकल सप्लाइ पनि छ ।

डब्ल्यूएचओको एक टिमले अहिले इरानको भ्रमण गरेपछि केही समस्या समाधान भएपछि अझै पनि इरान सरकारले धेरै काम गर्न बाँकी रहेको बताइसकेको छ ।

अन्य प्रभावित देशले जस्तै इरानमा पनि मानिसहरु मास्क र सेनिटाइजर खरिदका लागि लाइनमा लागेको देख्न सकिन्छ ।

र, यी सामानहरु पनि वास्तविक मूल्यभन्दा १० गुणा बढीमा बिक्री भइरहेको पाइएको छ ।

सामाजिक सञ्जालमा के दाबी गरिएको छ भने पहिले नै चीनलाई मास्क दान गरिएकाले अहिले इरानमा अभाव भएको छ ।

यस्तो समाचार पनि आएको थियो कि चिनियाँ कम्पनीले इरानबाट ठूलो मात्रामा मास्क खरिद गरेका थिए । जसले गर्दा अब घरेलु बजारमा यसको कमी भएको छ ।

इरानको सरकारले आगामी ३ महिनाका लागि फेस मास्क निर्यातमा रोक लगाएको छ भने अन्य कारखानालाई उत्पादन बढाउन समेत आदेश दिइसकिएको छ ।

मानिसहरु जो धेरै खतरामा छन्

इरानमा एक समूहलाई लिएर सबैभन्दा बढी चिन्ता व्यक्त गरिएको छ । कि त्यहाँ हजारैं मानिसहरु छन् जो सन् १९८० को दशकमा ८ वर्षसम्म चलेको इरान–इराक युद्धका कारण रासायनिक आक्रमणका पीडित छन् । जसमा धेरै मानिसहरु वृद्धबृद्धा छन् ।

यी मानिसहरु तत्कालीन समयमा रासायनिक आक्रमणबाट बचेका थिए । जसका कारणले शरीर निकै कमजोर भएको छ भने कैयनको फोक्सोमा समेत समस्या छ । कैयन मानिसहरु अहिले पनि अक्सिजन मास्कको साहरामा श्वास लिइरहेका छन् ।

ती मानिसहरु कोरोना भाइरसको संक्रमणमा सहजै आउन सक्छन् भन्ने अनुमान गरिएको छ ।

यस क्षेत्रमा भाइरसको सबैभन्दा नराम्रो असर हुनबाट लकडाउनले बचाउन सक्छ । तर इरानका राष्ट्रपति हसन रुहानीले अहिले आएर मात्रै कोरोना भाइरसका विरुद्ध कडा कदम उठाउने घोषणा गरेका छन् ।

उनका अनुसार यसमा मानिसहरुलाई यात्रामा रोक लगाइ सकिएको छ । भने यस कदमलाई एक कदम अघि बढाउँदै त्यहाँ रहेको ८५ हजार कैदीहरुलाई अस्थायी रुपमा रिहा गरिएको छ भने १० हजारभन्दा बढी कैदीलाई माफी दिइसकिएको छ ।

-बीबीसी हिन्दीबाट अनुवाद


क्लिकमान्डु