विश्वकै धनी विल गेट्सको खुल्लापत्र: कोरोना भाइरसले आध्यात्मिक ज्ञान दियो, धन सबैथोक होइन



विश्वका सबैभन्दा धनीमध्येका एक विल गेट्सले कोरोना भाइरसविरुद्धको लडाइका लागि गत महिना ८५ मिलियन पाउन्ड स्ट्रलिङ डलर अर्थात् सवा १२ अर्ब नेपाली रुपैयाँ सहयोग गरिसकेका छन् । ६४ वर्षे यी व्यवसायी कुनै पनि घटना हुनुका पछाडि आध्यात्मिक उद्देश्य हुने बताएका छन् ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा हुनुलाई पनि उनले आध्यात्मिक उद्देश्य भएको बताए । ‘कोरोना भाइरसले हामीलाई के पढाएको छ ?’ भन्ने शीर्षकमा गेट्सले लेखेको खुला पत्रमा विभिन्न कुराहरु उल्लेख गरेका छन् ।

म हरेक घटनाका पछाडि आध्यात्मिक उद्देश्य छ भन्ने कुरा विश्वास गर्छु, चाहे त्यो राम्रो वा नराम्रो होस् त्यसमा मलाई निकै ठूलो विश्वास छ । जब म कोरोना भाइरसका बारेमा बिचार गर्न थाले त्यसपछि मलाई मनमा लागेका केही कुराहरु सेयर गर्न जाँदैछु ।

१, यो घटनाले हामीलाई हामी सबै समान छौं भन्ने सन्देश दिएको छ । सास्कृतिक, धार्मिक, पेशागत, वित्तीय अवस्था तथा हामी कति प्रसिद्ध छौ भन्दा पनि हामी समान छौं भन्ने सन्देश यो घटनाले दिएको छ । कोरोना भाइरसले अहिले हामीलाई हामी सबै समान रहेको सन्देश दिएको छ । र हामी हुनैपर्छ । यदि तपाई मलाई विश्वास गर्नुहुन्न भने टम ह्याङसलाई सोध्नुहोस ।

२, हामी सबै जना एक अर्कोमा कनेक्टेड छौं र एकलाई प्रभाव पर्दा अर्कोलाई पनि असर गर्छ भन्ने कुरा कोरोना भाइरसले सम्झाएको छ । हामीले तय गरेको बोर्डरले पनि यस्ता भाइरसलाई कुनै महत्व राख्दैन र यो बिना पासपोर्ट हामीबीच ओहोरदोहोर गर्न सक्छ भन्ने कुरा पनि हामीलाई सम्झाइदिएको छ ।

३, कोरोना भाइरसले हाम्रो स्वास्थ्य कति महत्वपूर्ण रहेछ भन्ने फेरि एक पटक सम्झाइदिएको छ । हामीले विगतमा पोषणयुक्त खानेकुरा नआएको, कमसल खालका खाद्यान्न खाएको पानी नपपिएको वा दुषित पानी पिएको तथा केमिकलयुक्त खाना खाएको गल्तीलाई पनि सम्झाइदिएको छ । हामीलाई स्वास्थ्यप्रति सधै सजगता अपनाउन पनि यसले सम्झाइदिएको छ ।

४, कोरोना भाइरसले हाम्रो छोटो जीवन पनि कति महत्वपूर्ण छ भन्ने फेरि एक पटक सम्झाइदिएको छ । एक अर्कोलाई सहयोग गर्न तथा वृद्ध मानिस र बिरामीलाई सहयोग गर्न पनि हाम्रो जिम्मेवारी सम्झाइदिएको छ ।

५, यसले हाम्रो समाज कतिसम्म भौतिकवादमा रमाएको छ र अप्ठ्यारो परेको अवस्थामा पनि हामीलाई आवश्यक पर्ने खाना, पानी र औषधिका बारेमा सम्झाइदिएको छ । र, यसले आरामदायी विलाशी जीवनभन्दा पनि दैनिक आवश्यकता के हुन भन्ने सम्झाइदिएको छ ।

६, यसले हामीलाई हाम्रो परिवार र घर कति महत्वपूर्ण छ भन्ने समेत सन्देश दिएको छ । हामीलाई फेरि एक पटक सम्झाउँदै परिवारलाई गरेको वेवास्थालाई पनि सम्झाइदिएको छ । यो समय हामीलाई फेरि एक पटक परिवारसँगै बसेर सम्बन्धलाई कसरी बलियो बनाउने भन्नेमा सोच्न समय पनि दिएको छ ताकी पारिवारिक सम्बन्ध अझ बलियो होस् ।

७, कोरोना भाइरसले हामीलाई हाम्रो काम पनि सम्झाइदिएको छ । हाम्रो काम हाम्रो जागिर मात्रै नभइ अरु पनि हो भनेको छ । हामीले जे गर्नुपर्ने हो त्यही गर्ने हो न त हामीले व्यस्त राख्नका लागि बनाएको काम गर्ने हो । हाम्रो काम एक अर्कोलाई सहयोग गर्ने हो, एक अर्कालाई फाइदा पुग्ने खालका काम नै हाम्रो जिम्मेवारी हो ।

८, यसले हाम्रा इगोलाई हटाउनुपर्छ भन्ने पनि सन्देश दिएको छ । हामीले अरु बेलामा जति सुकै ठूलो कुरा सोचौं, ति नै अरुभन्दा राम्रो सोचौं तर भाइरसले हामीलाई एउटा तहमा ल्याइदिन्छ भन्ने कुरा सम्झाइदिएको छ ।

९, यसले हामीलाई स्वतन्त्रता कति महत्वपूर्ण छ भन्ने पनि सम्झाइदिएको छ । एक अर्कोंलाई सहयोग गर्ने, सेयर गर्ने, अर्कालाई आफूसँग भएको दिने कुरा सम्झाइदिएको छ । र, यसले स्वाथी हुनुहुन्न भन्ने कुरा पनि सम्झाइदिएको छ ।

१०, कोरोना भाइरसले हामी पनि बिरामी पर्न सक्छौं र हामीलाई पनि अरुलाई जस्तै पीडा हुन सक्छ भन्ने कुरा सम्झाइ दिएको छ । र यस्ता घटनाहरु आगामी दिनमा पनि फेरि घट्न सक्छन भन्नेद कुरा सम्झाइ दिएको छ ।

११, कोरोना भाइरसले हामीलाई यो अन्त्य पनि हुन सक्छ र शुरुवात पनि हुृन सक्छ भन्ने कुरा सम्झाइ दिएको छ । यसले हामीलाई हाम्रो विगतमा गल्तीबाट सिक्ने अवसर पनि दिएको छ भने नयाँ शुरुवात गर्नका लागि पनि ज्ञान दिएको छ ।

१२, पृश्वी बिरामी छ भन्ने कुरा पनि हामीलाई यो घटनाले सिकाएको छ । यसले हामीलाई पर्यावरण जोगाउन, वन फडाँनी नगर्नका लागि पनि सन्देश दिएको छ । त्यसैले पृथ्वीको ख्याल राख्नु हाम्रो कर्तव्य हो पनि भनेको छ ।

१३, हरेक अप्ठ्यारोका पछि सहज पनि छ भन्ने ज्ञान यसले दिएको छ । जीवन चक्र हो र यो चक्रको एउटा पाटो हो भन्ने ज्ञान पनि दिएको छ । यसमा हामी आत्तिनु पर्दैन र यो चक्र पनि हराएर जान्छ भन्ने सन्देश पनि दिएको छ ।

१४, जहाँ सबैले कोरोना भाइरसलाई ठूलो प्रकोपका रुपमा लिए पनि म भने यसलाई ठूलो सुधारकका रुपमा लिन्छु । यो हामीकहाँ हामीलाई हाम्रो जिम्मेवारी सम्झाउन र केही ज्ञान दिए आएको हो भन्ने सम्झन्छु ।

त्यसैले कोरोना एकदिन अवश्य नै जानेछ र त्यसपछि हामीहरु पनि यसबाट ज्ञान लिएर अगाडि बढ्नु पर्छ भन्ने मलाई लाग्छ ।


पुष्प दुलाल