एटीएम ह्याक प्रकरणः सिंगापूरको भेरि जोनले अझै दिएन फरेन्सिक रिपोर्ट



काठाडौं । गत भदौ १४ गते शनिबार चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम (नेप्स) को डाटा ह्याक गरी विभिन्न बैंकको एटीएम कार्ड प्रयोग गरेर साढे ३ करोड रुपैयाँ लुटपाट गरे ।

चीनमा नेपाली बैंक लुट्ने ठूलो योजना बनाएर काठमाडौं आएको चाइनिज लुटेराको समूहलाई प्रहरीले समयमै पक्राउ गर्दा ठूलो आर्थिक क्षति हुन पाएन ।

डाटा ह्याक गरी एटीएमबाट पैसा चोर्ने ह्याकर लिफ्टबाट भाग्दै गर्दा प्रहरीको फन्दामा

नविल र प्रभु बैंकका कर्मचारीको चलाखीपुर्ण सक्रियता र प्रहरीको ‘फास्ट रेस्पोन्स’का कारण लुटेराहरु पक्राउ परे ।

राष्ट्र बैंकको निर्देशनमा नेप्सले फरेन्सिक टेस्टका लागि सिंगापूरको भेरि जोन नामक कम्पनीबाट प्राविधिकहरु बोलायो । भदौ १८ गते भेरि जोनका प्रावधिकहरु काठमाडौं आए । र, फरेन्सिक टेस्टका लागि आवश्यक डकुमेन्ट लिएर २० गते फर्किए ।

कर्मचारीको चलाखी र प्रहरीको ‘फास्ट एक्सन’ले चाइनिज लुटेरबाट यसरी जोगिए नेपाली बैंक

प्राविधिक टोलीले विभिन्न डिभाइसहरुलाई ल्याबमा राखेर टेस्ट गरी घटनाको सत्यतत्य पत्ता लगाएर रिपोर्ट तयार पार्छ ।

भेरि जोनले ३ महिनाभित्र फरेन्सिक रिपोर्ट बुझाउने भनेको थियो । जसअनुसार मंसिर अन्तिमसम्ममा रिपोर्ट आइसक्नु पर्ने थियो । ३ महिनामा बुझाउने भनिएको रिपोर्ट ६ महिना वित्दा पनि आएको छैन ।

नेपाल र भारतबाट ५ घन्टामा १७०० पटक कार्ड घोटेर ह्याकरले चोरे बैंकहरुको साढे ३ करोड

‘फाइनल रिपोर्ट अझै आएको छैन, साह्रै ढिलो भइसक्यो भनेर हामीले भेरि जोनलाई दबाब दिइरहेका छौं,’ नेप्सका सीइओ प्रविण क्षेत्रीले क्लिकमाण्डूसँग भने, ‘उनीहरुले अब चाहीँ रिपोर्ट फाइनल भइसक्यो । आगामी २ देखि ३ साताभित्र रिपोर्ट पठाउँछु भनेका छन् ।’

भेरि जोनले रिपोर्टमा के छ भनेर नेप्सलाई जानकारी नदिएको क्षेत्रीले बताए ।

एटीएम ह्याक प्रकरणः फरेन्सिक टेस्ट गर्न सिंगापूरबाट प्राविधिक बोलाइयो, भोलि आइपुग्ने

‘अनुसन्धान गर्दै जाँदा गहिराइमा पुग्नुपर्ने हुन्छ, त्यसैले समय लागेको हुनसक्छ,’ उनले भने, ‘शुरुमा पनि उनीहरुले ३ महिनाको स्टमेटेड टाइम दिएका थिए ।’

एटीएम ह्याक प्रकरणः नेप्सको कमजोरीले बैंकलाई तनाब, कस्ले तिर्छ लुटिएको पैसा ?

लुटपाटमा संलग्न दर्जन बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ । यद्यपि फरेन्सिक रिपोर्ट आउन ढिलो हुँदा कसको गल्तीले लुटेराहरुले पैसा लुट्न सफल भए । र, चोरिएको पैसा कसले ब्यहोर्ने भन्ने अन्यौल छ ।

फरेन्सिक रिपोर्टमा हाम्रो गल्ती देखिए ह्याकरले चोरेको पैसा तिर्छौंः नेप्सका सीइओ प्रविण क्षेत्री

त्यतिमात्रै होइन, १८ वटा बैंक तथा वित्तीय संस्थाको स्वीच उपलब्ध गराउने नेप्सको विश्वसनियतामाथि प्रश्न उठेको छ ।


पुष्प दुलाल