एटीएम ह्याक प्रकरणः फरेन्सिक टेस्ट गर्न सिंगापूरबाट प्राविधिक बोलाइयो, भोलि आइपुग्ने



काठमाडौं । चिनियाँ ह्याकरहरुले डाटा ह्याक गरी विभिन्न बैंकको एटीएमबाट साढे ३ करोड रुपैयाँ चोरी प्रकरणको फरेन्सिक टेस्ट गरी सत्यतथ्य पत्ता लगाउनका नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले सिंगापूरबाट प्राविधिकको टोली बोलाएको छ ।

मंगलबार सिंगापूरको भेरी जोन नामक कम्पनीलाई फरेन्सिक टेस्टका लागि बोलाइएको नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रविण क्षेत्रीले जानकारी दिए ।

कर्मचारीको चलाखी र प्रहरीको ‘फास्ट एक्सन’ले चाइनिज लुटेरबाट यसरी जोगिए नेपाली बैंक

‘राष्ट्र बैंकले हिँजो (सोमबार) फरेन्सिक टेस्ट गर्न हामीलाई पत्राचार गरेको थियो, हामीले आज (मंगलबार) सिंगापूरको भेरी जोन कम्पनीलाई सम्पर्क गरेर प्राविधिक पठाइदिन आग्रह गरेका छौं,’ सीइओ क्षेत्रीले क्लिकमाण्डूसँग भने, ‘कम्पनीले भोलि (बुधबार) साँझसम्ममा २ जना प्राविधिक काठमाडौं आइपुग्ने जानकारी दिएको छ ।’

प्राविधिक टोलीले विभिन्न डिभाइसहरुलाई ल्याबमा राखेर टेस्ट गरी घटनाको सत्यतत्य पत्ता लगाउने छ ।

निक्षेपकर्ताको निक्षेप सुरक्षित छ, व्यक्तिको खाताबाट ह्याकरले पैसा झिक्न पाएनन्: राष्ट्र बैंक

शुक्रबार काठमाडौं आएका चिनियाँ ह्याकरहरुले शनिबार दिउँसोदेखि विभिन्न ६ वटा बैंकको एटीएम प्रयोग गरी ३ करोड ४५ लाख रुपैयाँ चोरी गरेका थिए । नेपालबाट १ करोड ७६ लाख र भारतबाट १ करोड ५ लाख भारु चोरी गरेका थिए ।

५ जना ह्याकरलाई प्रहरीले शनिबार साँझ पक्राउ गरिसकेको छ भने आइतबार राति अर्का एक ह्याकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको थियो । बाँकी केही ह्याकरहरु भने भाग्न सफल भएका छन् ।

नेपाल र भारतबाट ५ घन्टामा १७०० पटक कार्ड घोटेर ह्याकरले चोरे बैंकहरुको साढे ३ करोड

चिनियाँ ह्याकरको पैसा साटेको भन्दै ठमेलका ३ मनि चेञ्जर कम्पनीका सञ्चालकलाई पनि प्रहरीले सोमबार पक्राउ गरिसकेको छ ।

नेप्सको सफ्टवेरमा मालवेर भाइरस पठाएर सिस्टम ह्याक गरी लुटेराहरुले उक्त रकम लुटेका हुन् । प्रहरीले ६ जना लुटेरालाई पक्राउ गरिसकेको छ ।

आइतबार राष्ट्र बैंकले उक्त घटनाबारे अध्ययन गर्न ५ सदस्यीय समिति गठन गरेको थियो । मंगलबारसम्ममा रिपोर्ट बुझाइसक्नु पर्ने भएपनि समितिले बुधबार मात्रै अध्ययन प्रतिवेदन बुझाउने भएको छ ।

एटीएम ह्याक प्रकरण अध्ययन गर्न राष्ट्र बैंकले ५ सदस्यीय कमिटि गठन गर्यो, २ दिनमा प्रतिवेदन बुझाउने

‘हामी दिनरात नभनी अध्ययन गरिरहेका छौं, अध्ययनबाट नयाँ नयाँ कुराहरु पत्ता लागिरहेका छन्,’ अध्ययन समितिका संयोजक समेत रहेका राष्ट्र बैंकको भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले क्लिकमाण्डूसँग भने, ‘भोलि साँझसम्ममा प्रतिवेदन बुझाउने छौं ।’

ह्याकरले एटीएम बुथमा भिसा नक्कली भिसा कार्ड प्रयोग गरेर बैंक लुटेको बेलामा धेरै आधिकारिक कारोबार भएको तर त्यसको डाटा नेप्स र बैंकको सिस्टममा नदेखिएको समेप पाइएको छ ।

‘एक बैंकका कर्मचारीले आफ्नो एटीएम कार्ड प्रयोग गरेर १५ सय रुपैयाँ निकालेको तर उनको खाताबाट रकम नकाटिएको बताएका छन्,’ मिश्रले भने, ‘यो त उदाहारण मात्रै हो यस्ता घटनाहरु धेरै भेटेका छौं ।’


पुष्प दुलाल