एटीएम ह्याक प्रकरण अध्ययन गर्न राष्ट्र बैंकले ५ सदस्यीय कमिटि गठन गर्यो, २ दिनमा प्रतिवेदन बुझाउने



काठमाडौं । एटीएम ह्याक गरी करोडौं रुपैयाँ चोरी भएको विषयमा अध्ययन गर्न राष्ट्र बैंकले ५ सदस्यी कमिटि गठन गरेको छ । गभर्नर डा. चिरञ्जीबी नेपालको निर्देशनमा आइतबार कमिटि गठन गरिएको हो ।

राष्ट्र बैंकको भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा रहेको अध्ययन कमिटिमा राष्ट्र बैंककै बैंक सुपरिवेक्षण विभाग, सूचना प्रविधि विभाव, नेपाल बैंकर्स संघ र नेप्सका प्रतिनिधि रहेका छन् । समितिलाई २ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउने समय दिइएकोछ ।

‘यो घटनाप्रति गभर्नरसाब अत्यन्तै चिन्तित हुनुहुन्छ, उहाँकै निर्देशनमा मेरो संयोजकत्वमा अध्ययन कमिटि गठन भएको छ,’ मिश्रले क्लिकमाण्डूसँग भने, ‘हामी तथ्यहरुको विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाउँछौं । हाम्रो प्रतिवेदका आधारमा राष्ट्र बैंकले एक्सन लिन्छ ।’

समितिले उपलब्ध तथ्यांकहरुको विश्लेषण गरी प्राविधिक विश्लेषण्का लागि फरेन्सीक टेस्ट गर्न सिफारिस गर्नेेछ । प्रतिवेदन बुझाएपछि फरेन्सीक ल्याब टेस्ट गरिनेछ । फरेन्सीक टेस्टपछि घटनाको चुरो कुरो पत्ता लाग्छ ।

‘समयमै थापा पाएकाले ठूलो क्षति हुन पाएन,’ मिश्रले भने, ‘हामी सबै हाइ अलर्टमा रहेर काम गरिरहेका छौं ।’

व्यक्तिको खाताबाट रकम झिकिएको नभएकाले कसैलाई पनि नआत्तिन उनले आग्रह गरे ।

‘संसारभरको अहिलेको चुनौति भनेको प्रविधिको प्रयोग गरेर हुने चोरी हो, यस्ता घटनाहरु संसारभर हुने गर्छन्,’ उनले भने, ‘हामी सचेत हुँदै अघि बढ्नुपर्छ ।’

नेपाल प्रहरीले पनि घटनाको अध्ययन गरिरहेको छ । शनिबार विभिन्न बैंकको एटीएमबाट ह्याकरहरुले साढे ३ करोड रुपैयाँ निकालेका थिए । नविल बैंकका कर्मचारीको चलाखीले ठूलो क्षति हुन जोगिएको प्रहरी र राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

नविल बैंकका कर्मचारीले संकास्पद लागेपछि प्रहरीलाई खबर गरिहाले, प्रहरीले तत्काल एक्सन लिएपछि १ जना ह्याकरलाई रंगेहात पक्राउ गर्न सकिएको थियो । उनको ासथ खानतलासी गर्दा माया मनोर बुटिक होटेलको चाबी भेटिएपछि प्रहरीले उक्त होटेलमा खानतलासी गरेको थियो ।

तल्तो तलामा रहेको एउटा कोठामा बसेका ह्याकरहरु भाग्न सफल भएपनि माथिल्लो तलामा रहेका २ कोठाका ह्याकरहरुलाई प्रहरीले नगद, एटीएम कार्ड लगायत विभिन्न उपकरणसहित पक्राउ गरेको थियो । प्रहरीले ५ जना चिनियाँ ह्याकरलाई पक्राउ गरेको हो । शुक्रबार काठमाडौं आएका ह्याकरहरु सोमबार चीन फर्किने कार्यक्रभम थियो ।


पुष्प दुलाल