बीमाका कर्मचारी बढुवा हुँदा जेष्ठतामा ७० र शैक्षिक योग्यतामा २० अंक, अरु के मा कति ? (सूचिसहित)



काठमाडौं । बीमा कम्पनीमा काम गर्ने कर्मचारीहरुको बढुवासम्बन्धी नयाँ ब्यवस्था भएको छ । नियामब बीमा समितिले कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवाका आधारहरु तयार पारेको छ ।

बीमा कम्पनीका सीइओलाई करोडका गाडी, कुन सीइओ कति पर्ने गाडी चढ्छन् ? (विवरणसहित)

समितिले तयार पारेको बीमकको कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धी मार्गदर्श–२०७५ मा कार्यसम्पादन मूल्यांकनको कूल २०० अंकको भार राखेको छ । जसमा जेष्ठतालाई ७० अंक, शैक्षिक योग्यतालाई २० अंक, कार्यसम्पादन मूल्यांकनलाई १०० अंक र भौगोलिक क्षेत्रको अभुववलाई १० अंक दिइएको छ ।

बीमा कम्पनीका कर्मचारीको शैक्षिक योग्यता तोकिँदै, कुन पदमा जागिर खान कति पढ्नुपर्छ ?

छुट्टाछुट्टै कम्पनीहरुले छुट्टाछुट्टै कर्मचारी विनियमावली बनाउँदा समस्या देखिएकाले बीमा समितिले बीमा कम्पनीमा काम गर्ने कर्मचारीहरुका लागि एकीकृत मागर्दशन बनाएको हो । समितिले बनाएको मार्गदर्शन अनुसार बीमा कम्पनीहरुले आआफ्नै कर्मचारी विनियमावली बनाउन सक्नेछन् ।

बढ्ने भयो बीमा कम्पनीका कर्मचारीको तलब, बिबाह गर्न ३ दिन मात्रै विदा !

बीमा समितिले तयार पारेको मार्गदर्शन अनुसार जेष्ठताको अंक गणना गर्दा हाल बहाल रहेको पदमा नियमित भई काम गरेको प्रत्येक वर्षको १० अंकका दरले अधिकतम ७० अंक दिइने छ ।

त्यसैगरी, बहाल रहेको पदभन्दा एक तह मूनिको पदमा नियमित भई काम गरेको प्रत्येक वर्षको १ अंकका दरले अधिकतम ५ अंक दिइनेछ ।

तर, एक वर्षभन्दा कम अवधिको लागि दामासाहीले अंक हिसाब गर्ने व्यवस्था गर्नुपर्ने बीमा समितिले जनाएको छ । यसो गर्दा तल्लो तहको अंकभारसहित कूलमा ७० अंक ननाघ्ने गरी अंक प्रदान गर्नुपर्ने छ ।

बीमा कम्पनीका कर्मचारीलाई १० प्रकारका बिदा, कुन बिदा कति ? (सूचिसहित)

शैक्षिक योग्यताबापत अंक दिँदा तोकिएको न्यूनतम शैक्षिक योग्यतामा प्रथम श्रेणीलाई १८, द्धितिय श्रेणीलाई १७ र तृतीय श्रेणीलाई १६ अंक दिइनेछ ।

त्यसैगरी, प्रत्येक पदको निमित्त तोकिएको न्यूनतम शैशिक्ष योग्यता नभई सो भन्दा एकतह मूनिको शैक्षिक योग्यता भएकोमा प्रथम श्रेणीलाई १५, द्धितिय श्रेणीलाई १४ र तृतीय श्रेणीलाई १३ अंक दिइनेछ ।

बीमा कम्पनीमा काम गर्ने साधारण कर्मचारीलाई पनि ३ महिनाको कुलिङ पिरियड

प्रत्येक पदको निमित्त तोकिएको न्यूनतम शैशिक योग्यताको अतिरिक्त पदपूर्ति समितिले तोके बमोजिमको कम्पनीलाई उपयोगी हुने कुनै एक पेशागत शैक्षिक योग्यता वा एक तह माथिको योग्यताको लागि एकमूष्ट २० अंक प्रदान गर्न सकिने छ ।

कार्यसम्पादन मूल्यांकन गणना गर्दा बढुवाको लागि सम्भाव्य उम्मेद्धार हुन जति वर्ष सेवाको आवश्यकता पर्ने हो पछिल्लो त्यति अवधिको कार्यसमपादन सम्बन्धी मूल्यांकन विवरणको औषतबाट गणना गर्नुपर्ने छ ।

बीमा समितिले तयार पारेको मागर्दशनको अधिनमा रही कुनै कम्पनीको प्रमुखले कार्यसम्पादन सम्बन्धी निर्देशिका र कार्यविधि तयार पारेर लागू गर्न सक्नेछन् ।

मूल्यांकन अवधिमा कुनै कर्मचारी एक वर्षभन्दा बढी अवधिको अध्ययन वा तालिम वा काजमा गएको भए सो अवधिको कार्यसम्पादन मूल्यांकन बापत सो भन्दा ठीक अघिल्लो अवधिको कार्यसमपादन मूल्यांकनको अंक बराबरको अंक प्रदान गर्ने व्यवस्था गर्नुपर्ने बीमा समितिको मार्गदर्शनमा उल्लेख छ ।

समितिले तयार पारेको यो मार्गदर्शन कार्यान्वयनको अन्तिम चरणमा छ ।

‘सरोकारवालाहरुबाट सुझाब लिइसकेका छौं, उहाँहरुको सुझाबलाई पनि समेटेर चाँडै नै कार्यान्वयनमा ल्याउँछौं,’ बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल