बीमा कम्पनीका सीइओलाई करोडका गाडी, कुन सीइओ कति पर्ने गाडी चढ्छन् ? (विवरणसहित)



काठमाडौं । संसारभरी नै प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई कम्पनीले महंगा गाडी दिने गर्छन् । नेपालको बीमा क्षेत्रमा काम गर्ने सीइओहरुले करोड पर्ने गाडी चढ्ने गरेको पाइएको छ ।

कम्पनीहरुले बीमा समितिलाई बुझाएको सवारीसाधनको विवरणमा सीइओहरुलाई कम्पनीले करोड पर्ने गाडी दिएको भेटिएको हो ।

महंगा गाडी दिनू ठीक र बेठीक भन्ने बहस संसारभरी नै हुनेगर्छ । कतिपयले यसलाई ठीक मान्छन् भने कतिपयले बेठीक मान्छन् ।

नेपालमा पनि गाडीको विषयलाई लिएर बेलाबेलामा विभन्नि किसिमका बहसहरु हुने गर्छन् । बहस जस्तोसुकै भए पनि सीइओलाई कस्तो गाडी दिने भन्ने निर्णय गर्ने अधिकार कम्पनीको सञ्चालक समितिको हो ।

तर, कहिलेकाहीँ महंगा गाडी दिएर सीइओ तथा सिनियर कर्मचारी तान्ने प्रतिस्पर्धा हुने गर्छ । यसले भने कम्पनी र कम्पनीका लगानीकर्ता कसैलाई पनि फाइदा पुग्दैन ।

सबैभन्दा महंगो गाडी चढ्ने बीमा कम्पनीका सीइओ हुन् दीप प्रकाश पाण्डे र नारायणबाबु लोहोनी । पाण्डेलाई शिखर इन्स्योरेन्सले १ करोड ४ लाख ९३ हजार रुपैयाँ र लोहोनीलाई रिलायवल लाइफ इन्स्योरेन्सले १ करोड ३ लाख रुपैयाँ पर्ने कार दिएको छ ।

नेपालमा बैंकका सीइओले महंगा गाडी चढ्छन् । कर्पोरेट क्षेत्रमा अर्बौंको कारोबार भएपनि लगानीकर्ता स्वयं सीइओको भूमिकामा हुने भएकाले बैंकको तुलनामा महंगो गाडी चढ्ने जागिरे निकै कम छन् ।

बीमा कम्पनीलरुहे बीमा समितिमा बुझाएको सवारीसाधनको विवरण अनुसार सबैभन्दा महंगो गाडी चढ्ने सीइओमा दीप प्रकाश पाण्डे छन् । शिखर इन्स्योरेन्स कम्पनीले पाण्डेलाई १ करोड ४ लाख ९३ हजार रुपैयाँ पर्ने कार दिएको छ ।

त्यस्तै, दोस्रो महंगो गाडी चढ्ने सीइओमा नारायणबाबु लोहोनी छन् । लोहोनीलाई रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड ३ लाख रुपैयाँ पर्ने कार दिएको छ ।

शिखर इन्स्योरेन्स पूरानो र निर्जीबन बीमा कम्पनीमा राम्रो प्रफर्मेन्स गरेको कम्पनी हो । तर, रिलायवल लाइफ भने नयाँ कम्पनी हो । कम्पनीको प्रफरमेन्स औषत भन्दा माथि छैन ।

तेस्रो महंगो गाडी चड्ने सीइओ हुन् युगेशभक्त बादे श्रेष्ठ । श्रेष्ठलाई आइएमइ जनरल इन्स्योरेन्सले ८८ लाख २५ हजार रुपैयाँ पर्नेे गाडी दिएको छ ।

चौथो महंगो गाडी चढ्नेमा सीइओ चिरायु भण्डारी छन् । पुनर्बीमा कम्पनीले भण्डारीलाई ७९ लाख ७९ हजार रुपैयाँ पर्ने गाडी दिएको छ ।

त्यसैगरी, पाँचौं महंगो गाडी चढ्ने सीइओ हुन् प्रविणरमण पराजुली । पराजुलीलाई रिलाइन्स लाइफ इन्स्योरेन्सले ७५ लाख रुपैयाँ पर्ने गाडी दिएको छ । रिलाइन्स लाइफल पनि नयाँ कम्पनी हो ।

छैठौं महंगो गाडी चढ्ने सीइओ हुन् चंकी क्षेत्री । क्षेत्रीलाई सगरमाथा इन्स्योरेन्सले ७१ लाख रुपैयाँ दिएको छ ।

सातौं महंगो गाडी चढ्ने सीइओ हुन् सुधुम्न उपाध्याय । उपाध्यायलाई प्रिमियर इन्स्योरेन्सले ६४ लाख १० हजार रुपैयाँ पर्ने गाडी दिएको छ ।

त्यसैगरी आठौं महंगो गाडी चढ्ने सीइओ हुन् भरत बस्नेत । बस्नेतलाई नेशनल लाइफ इन्स्योरेन्सले ५८ लाख ९६ हजार रुपैयाँ पर्ने गाडी दिएको छ ।

त्यसैगरी, युनाइटेड इन्स्योरेन्सका कामू सीइओ रमेश कुमार भट्टराई सबैभन्दा सस्तो गाडी चढ्ने बीमा कम्पनीका सीइओहरुको सूचिमा पर्छन् । भट्टराईलाई कम्पनीले २१ लाख ९४ हजार रुपैयाँ पर्ने गाडी दिएको छ ।

नेशनल लाइफलमा कार्यालय प्रयोजना लागि अर्को ५६ लाख ७५ हजार पर्ने गाडी छ भने डेपुटी सीइओ सुरेश प्रसाद खत्रीलाई २५ लाख पर्ने गाडी दिएको छ ।

नवौं महंगो गाडी चढ्ने सीइओ हुन्, बीरकृष्ण महर्जन, कुमार बहादुर खत्री र नारायण कुमार भट्टराई । महर्जनलाई प्रुडेनिसयल इन्स्योरेन्सले, खत्रीलाई अजोड इन्स्योरेन्सले र भट्टराईलाई गुराँस लाइफ इन्स्योरेन्सले ५० लाख पर्ने गाडी दिएका छन् ।

१०औं महंगो गाडी चढ्ने सीइहो हुन् पोषकराज पौडेल र मनोज कुमारलाल कर्ण हुन् । पौडेललाई सिटिजन लाइफ इन्स्योरेन्सले र कर्णलाई युनियन लाइफ इन्स्योरेन्सले ४९ लाख रुपैयाँ पर्ने गाडी दिएका छन् ।

त्यस्तै, ११औं महंगो गाडी चढ्ने सीइओ हुन् एभरेष्ट इन्स्योरेन्सका कमल गौतम र राष्ट्रिय बीमा कम्पनीका डिल्लीराज अर्याल । गौतम ४६ लाख ७९ हजार र अर्याल ४६ लाख ४० हजार रुपैयाँ पर्ने गाडी चढ्छन् ।

१२औं महंगो गाडी चढ्ने सीइओ हुन् बिजय शाह । शाहलाई कम्पनीले ४२ लाख २४ हजार रुपैयाँ पर्ने गाडी दिएको छ ।

त्यस्तै, १३औं हिमालयन जनरल इन्स्योरेन्सका सीइओ सुशिल बज्राचार्य । उनीलाई कम्पनीले ४० लाख रुपैयाँ पर्ने गाडी दिएको छ ।

नेको इन्स्योरेन्सले भने सीइओलाई भन्दा डेपुटी सीइओलाई महंगो गाडी दिएको छ । नेकोका सीइओ शिवराम तिम्सीनालाई ३५ लाखको र डेपुटी सीइओ अशोक थापालाई ४० लाख रुपैयाँ पर्ने गाडी दिइएको छ ।

नेशनल इनस्योरेन्सका सीइओ अरुण केशल र ओरेन्टल इन्स्योरेन्सका सीइओ मुकेश कुमार कपुर कम्पनीले दिएको ३६ लाख ९९ हजार रुपैयाँ पर्ने गाडी चढ्छन् ।

एनएलजी इस्योरेन्सले सीइओका लागि ३४ लाख रुपैयाँ पर्ने गाडी किनेको छ भने प्रभु लाइफ इन्स्योरेन्सले २८ लाख ७१ जार पर्ने गाडी किनेको छ ।

सानिमा जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक सुवोधलाल श्रेष्ठ कम्पनीले दिएको ३२ लाख रुपैयाँ पर्ने गाडी चढ्छन् ।

त्यस्तै, प्रभु इन्स्योरेन्सका सीइओ सञ्चित बज्राचार्य कम्पनीले दिएको २८ लाख ७१ हजार रुपैयाँ पर्ने गाडी चढ्छन् भने सिद्दार्थका सीइओ बीरेन्द्रबहादुर बैद्यत २६ लाख पर्ने गाडी चढ्छन् ।

त्यसैगरी, युनाइटेड इन्स्योरेन्सका कामू सीइओ रमेश कुमार भट्टराई सबैभन्दा सस्तो गाडी चढ्ने बीमा कम्पनीका सीइओहरुको सूचिमा पर्छन् । भट्टराईलाई कम्पनीले २१ लाख ९४ हजार रुपैयाँ पर्ने गाडी दिएको छ ।

नेपाल लाइफ, ज्योति लाइफ र सन लाइफ इन्स्योरेनसले सीइओलाई दिएको गाडीको विवरण नखुलाई बीमा समितिमा बिबरण पेश गरेका छन् ।

सूर्या लाइफ, एलआइसी लगायतले अहिलेसम्म विवरण बुझाइ नसकेको बीमा समितिले जनाएको छ ।

नियामक बमिा समितिले गाडी दिएर कर्मचारी तान्ने बीमा कम्पनीहरुको अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ गाडी किन्न कडाइ गरिसकेको छ ।

बीमा समितिले बीमा कम्पनीसँग के कति गाडी छन्, क-कसले गाडी चढ्छन्, लोनमा हो कि कम्पनीले दिएको हो ?  भनेर बीमा कम्पनीसँग विवरण मागेका थियो ।


पुष्प दुलाल