१६ बैंकको कल डिपोजिट १०% भन्दा बढी, प्राइमको २२.६९ र मेगाको २१.२९%, कस्को कति ?




काठमाडौं । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको कल डिपोजिटमा कडाइ गरेपनि बैंकहरुले घटाउन सकेका छैनन् । नियामक राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ०७७ असार मसान्तसम्म कल डिपोजिट १० प्रतिशतमा झार्न निर्देशन दिइसकेको छ ।

२०७७ असारभित्र बैंकहरुले कल डिपोजिटको मात्रा १० प्रतिशतमा झार्नुपर्ने

तर गत आर्थिक बर्षको वाणिज्य बैंकहरुको वित्तीय विवरणलाई हेर्दा १६ बैंकहरुको कल डिपोजिट १० प्रतिशतभन्दा बढी छ । प्राइम बैंक र मेगा बैंकको त २० प्रतिशतभन्दा बढी छ । अबको ९ महिनामा ११/१२ प्रतिशतले कल डिपोजिटको हिस्सा घटाउन यी दुई बैंकलाई निकै सकस पर्ने देखिन्छ ।

औषत कल डिपोजिटको हिस्सा ११.६९ प्रतिशत

गत आर्थिक वर्षमा २८ वाणिज्यको कूल निक्षेप २८ खर्ब ८९ अर्ब रुपैयाँ छ । जसमा ३ खर्ब ३६ अर्ब रुपैयाँ अर्थात् ११.६९ प्रतिशत कल डिपोजिटको मात्रा छ । सोही कारणले राष्ट्र बैंकले यस्तो अल्पकालीन रकमको हिस्सा बैंकमा बढी नराखी दिर्गकालीन निक्षेप संकलन गर्न निर्देशन दिएको हो ।

जति बढी कल डिपोजिट उति बढी समस्या, कुन बैंकको कल डिपोजिट कति ?

राष्ट्र बैंकले बढी कल डिपोजिट भएका बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम पनि बढी भएको निष्कर्श निकाल्दै गत आर्थिक बर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् कल डिपोजिटको सीमा घटाउने घोषणा गरेको थियो ।

गत जेठ ९ गते निर्देशन नै जारी गरेर राष्ट्र बैंकले ०७७ असार मसान्तसम्ममा कूल डिपोजिटमा कल डिपोजिटको हिस्सा १० प्रतिशतभन्दा बढी नराख्न निर्देशन दिएको थियो ।

कल निक्षेपमा १० प्रतिशतको सीमा, प्राइमलाई सबैभन्दा बढी समस्या, कुन बैंकको कति ?

जति बढी कल डिपोजिट, उति बढी जोखिम

जुन बैंकले कल डिपोजिटको मात्रा बढाउँछ त्यो बैंक बढी जोखिममा हुने बैंकरहरु बताउँछन् । किनभने कल डिपोजिटमा रहेको निक्षेप जुनसुकै बेला पनि बाहिरिने भएकाले त्यसलाई आधार मानेर ऋण दिँदा बैंकहरुमा समस्या जुनसुकै बेला समस्या आउन सक्छ ।

कल डिपोजिटः स्ट्यान्डर्ड चार्टर्डको १५७%ले बढ्यो, प्राइमको १५%ले घट्यो, कस्को कति ? (सूचिसहित)

‘सामान्ययता कूल निक्षेपमा १० देखि १५ प्रतिशतसम्म कल डिपोजिटको हिस्सा हुनु ठीकै हो । तर, २० प्रतिशत माथि कल डिपोजिटको हिस्सा हुनु भनेको त्यो बैंक जोखिममा छ भन्ने संकेत हो,’ एक बैंकरले भने ।

कल डिपोजिटले समस्या थप बढाएपछि नियामक राष्ट्र बैंकले पनि बैंकहरुको कल डिपोजिटमा आँखा लगाएको हो ।

के हो कल डिपोजिट ?

विभिन्न संघसंस्था तथा कम्पनीहरुले छोटो समयको लागि बैंकमा राख्ने निक्षेपलाई कल डिपोजिट अथवा कल निक्षेप खाता भनिन्छ । धेरै रकमको कारोबार गर्ने व्यक्ति वा व्यवसायीका लागि यो खाता उपयोगी हुन्छ । यस्तो खातामा तत्काल धेरै रकम बचत गरिन्छ ।

साना बैंकप्रति झन् कठोर बन्यो राष्ट्र बैंक, १०% भन्दा बढी कल डिपोजिट लिन नपाइने

तर रकम कति समय सम्म बैंकमा रहन्छ भनेर निश्चित भने हुँदैन । अल्पकालीन प्रकृतिको हुने भएकै कारण बैंकहरूले पनि यो खातामा अन्य खाताहरुको तुलनामा कम ब्याज दिन्छन् । यसकारण यो खाताको ब्याजदर प्रायः परिवर्तन भरहन्छ ।

बैंकमा ठुलो परिमाणमा कल डिपोजिटमार्फत एकै पटक धेरै रकम जम्मा हुने र बैंकबाट निकालिने हुँदा तरलताको समस्या आउने ठूलो जोखिम हुन्छ ।


पुष्प दुलाल