साना बैंकप्रति झन् कठोर बन्यो राष्ट्र बैंक, १०% भन्दा बढी कल डिपोजिट लिन नपाइने



काठमाडौ । साना तथा नयाँ बैंकप्रति नियामक निकाय नेपाल राष्ट्र बैंक कठोर बनेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंक साना तथा नयाँ बैंकप्रति कठोर बनेको हो ।

राष्ट्र बैंकले बैंकहरुले आफ्नो कुल निक्षेपको १० प्रतिशतभन्दा बढी कल डिपोजिट लिन नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाले खासगरी नयाँ तथा साना बैंकहरुलाई समस्या पर्ने भएको छ ।

किनकी, नयाँ तथा साना बैंकहरुमा कल डिपोजिटमा ठुलो मात्रामा निक्षेप संकलन भएको छ । कतिपय साना तथा नयाँ बैकहरुमा कुल निक्षेपको २० देखि २२ प्रतिशतसम्म कल डिपोजिटको हिस्सा छ । जसकारण ती बैंकहरुलाई समस्या पर्ने देखिएको हो ।

हाल वाणिज्य बैंकहरुले २६ खर्ब ७१ अर्ब निक्षेप संकलन गरी साढे २३ खर्ब कर्जा प्रवाह गरेका छन् ।

यसअघि कल डिपोजिटकै कारण बैंकर्स संघले ब्याजदरमा गरेको भद्र सहमति तोडिएको थियो ।


पुष्प दुलाल