
ताप्लेजुङको पवित्र धार्मिक गन्तव्य पाथीभरामा बन्दै गरेको केबलकारको विषयमा पछिल्लो समय पक्ष विपक्षबीच विवाद छ । खासगरी ‘नो केबलकार’ पक्षले चर्काएको आन्दोलनका कारण जिल्लामा विकास निर्माण र लगानीलाई निरुत्साहन गरेको छ ।
केबलकार निर्माणलाई राजनीतिकरण गरिँदा यहाँका व्यवसायीलाई समेत अलमलमा पारिएको छ ।
ताप्लेजुङको विकासका लागि केवलकार नै मियो हुने यहाँका स्थापित व्यवसायी बनाउँछन् । ताप्लेजुङका व्यवसायी सबै केबलकार बन्नुपर्ने पक्षमा छन् । केबलकार बनेपछि जिल्लाको पर्यटन गतिविधि प्रबद्र्धन हुने तथा जिल्लामा उत्पादित वस्तु तथा सामाग्रीले बजार पाउने त छँदैछ ताप्लेजुङमा अन्य पूर्वाधार विकासका लागि आधार बन्नेमा जिल्लाका व्यवसायी एकमत छन् ।
ताप्लेजुङ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दावा शेर्पा पनि केबलकार बनाए ताप्लेजुङमा विकासको सुरुवात गर्नुपर्ने तर्क गर्छन् ।

क्लिकमान्डुको टिम ताप्लेजुङ मै आएर केवलकारलाई व्यवसायी तथा निजी क्षेत्रले कसरी बुझेको ? संघका व्यवसायीको केबलकार निर्माणमा कस्तो बुझाई छ ? भन्ने विषयमा शेर्पासँग विशेष कुराकानी गरेको छ ।
कुराकानीका क्रममा शेर्पाले ठाडो उकालोमा टाढा टाढाबाट आउने भक्तजनलाई सहज हुने र ताप्लेजुङको विकासको खुड्किलोसमेत हुने भएकोले पनि केबलकार आवश्यक रहेको बताएका छन् ।
यहाँको विकास गर्न पर्यटकीय क्षेत्रका रुपमा ताप्लेजुङलाई प्रबद्र्धन गर्न पाथीभरामा बन्न लागेको कोषेढुंगा बन्ने उनको बुझाइ छ । ‘ताप्लेजुङमा बढीभन्दा बढी धार्मिक पर्यटक पुर्याउनुपर्ने छ, धेरैभन्दा धेरै तीर्थयात्री पाथीभरा पुग्नु भनेको पाँचथर, इलाम, तेह्रथुम लगायत जिल्लाले पनि लाभ लिने आधार हो,’ उनले कुराकानीका क्रममा भनेका छन् ।
प्रस्तुत छ, उनै शेर्पासँग केबलकारको विषयमा क्लिकमान्डुका लागि राजु बास्कोटा र रोविन पौडेलले गरेको विशेष कुराकानीः
भिडियो/सम्पादनः रवि धिताल
पाथीभरा केबलकारसँग सम्बन्धित विशेष समाचारहरूः
केबलकार विवादले ताप्लेजुङमा सुरक्षा थ्रेट बढ्योः सीडीओ शर्मा (भिडियो)
राजेन्द्र महतोलाई ताप्लेजुङबासीले देखाए कालोझण्डा, पवित्र तीर्थस्थलमा पुगेर समाज भाँड्न लागेको आरोप
पाथीभरामा केबलकारको अनुमति दिने ‘डम्बरबहादुर’ नै ‘नो केबलकार’ आन्दोलनको अगुवा !
पाथीभरामा केबलकार बनेपछि व्यापार बढ्ने आशाले उत्साहित छन् ताप्लेजुङका व्यवसायी (भिडियो)
पाथीभरामा केबलकार बनाउने हो डाँडै भत्काउने होइन, २/४ जनाले विरोध गरेर विकास रोकिँदैन
पाथीभराको धार्मिक महत्व र ऐतिहासिक प्रमाणबारे पुजारी डिल्ली आचार्यसँगको विशेष अन्तर्वार्ता
जेमा पनि बैंक नै ‘तारो’: बैंक डुबाउने प्रयासमा अराजक समूह, कसको जगमा हुँदैछ आन्दोलन ?
केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ: चन्द्र ढकाल
पाथीभरामा केबलकारको छैन विकल्प, पुग्न नसक्नेहरूको पनि सपना हुनेछ साकार
प्रतिक्रिया