राजेन्द्र महतोलाई ताप्लेजुङबासीले देखाए कालोझण्डा, पवित्र तीर्थस्थलमा पुगेर समाज भाँड्न लागेको आरोप

2.6k
Shares

ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीय नागरिकले कालो झण्डा देखाएका छन् ।

‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गएका महतोलाई सदरमुकाममा स्थानीयले कालो झण्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् ।

जिल्लाको विकासका लागि बनिरहेको केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलबल पुर्‍याउनुका साथै समाज भाँड्ने काम गरेको ताप्लेजुङवासीको आरोप छ ।

महतो ‘नो केबलकार’ समूहसँग पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा ‘जय पाथीभरा माता’को नारा लगाउँदै जानुको साटो मुर्दावादका नारा लगाउँदै गएको र जिल्ला र समाज भाँड्ने अभिव्यक्ति दिँदै हिँडेका कारण उनलाई कालो झण्डा देखाइएको स्थानीय सुन्दर लिम्बुले बताए ।

लिम्बुले ताप्लेजुङका नागरिक विकास र केबलकारको पक्षमा रहेकाले जिल्ला बाहिरबाट गएर विकासको विरोध र समाज भाँड्ने काममा नलाग्न सबैलाई आग्रह पनि गरे ।