
काठमाडौं । पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै दायर रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।
आईन्द्र कुमार लिम्बुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ताप्लेजुङको फुङलिङ नगरपालिका कार्यालय, जिल्ला वन डिभिजन कार्यालय ताप्लेजुङ, तथा पाथीभरा क्षेत्र विकास समितिलाई विपक्षी बनाउँदै रिट दिएका थिए ।
यस सम्बन्धी दुई वटा रिट निवेदन गत पुस १८ र माघ ३ गते सर्वोच्च अदालतमा दर्ता भएका थिए । रिटमा अन्तरिम आदेश माग गरिएको छ ।







प्रतिक्रिया