बैंकहरुले सीडीओबाट ४ देखि १२ वटासम्म पास लिए, काठमाडौं-ललितपूर र भक्तपुरमा केही शाखा खुल्ने



काठमाडौं । लक डाउनमा पनि सेवा दिन बैंकहरुले आज (मंगलबार) जिल्ला प्रशासन (सीडीओ) कार्यालयबाट सडकमा हिँडडुल गर्न पाउने पास लिएका छन् । अधिकांश बैंकहले पास लगिसकेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौं सीडीओ कार्यालयको पास वितरण शाखामा कार्यरत कर्मचारी कृष्ण कटुवालका अनुसार एउटा बैंकले कम्तिमा ४ देखि १२ वटासम्म पास लगेका छन् ।

जबर्जस्ती बैंक खाेल्नु पर्छ भन्ने हाेइन: कामु गभर्नर शिवाकोटी

‘उहाँहरुलाई नै कतिवटा पास चाहिएको हो र कुन कुन गाडीका लागि पास चाहिएको हो भनेर फारम भर्न लगाएका थियौं, सोही अनुसार पास वितरण गरिएको छ,’ कटुवालले क्लिकमाण्डूसँग भने, ‘आज पास लिनेहरुको भीड भएकाले कुन बैंकले कतिवटा पास लगे भन्ने कम्पाइल विवरण चाहीँ हामीसँग छैन ।’

सीडीओ कार्यालयमा राम्रो पहुँच हुनेहरुले १२ वटासँम्म र पहुँच नहुनेहरुले ४/५ वटा मात्रै लगेका हुन् ।

लक डाउनको अवस्थामा पनि सावधानी अपनाउँदै सकेसम्म सेवा प्रदान गर्न निर्देशन दिइएको राष्ट बैंकका कामू गर्भनर चिन्तामणि शिवाकोटीले बताए ।

उपत्यकाका हकमा सम्बन्धीत जिल्ला प्रशासनबाट पास लिन र बाहिरको हकमा सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहको अनुमति लिएर सेवा शुचारु गर्न राष्ट बैंकको निर्देशन छ ।

लक डाउनमा पनि बैंकहरुले यसरी सेवा दिन्छन्: बैंकर्स संघका अध्यक्ष भुवन दाहाल

राष्ट बैंकको सोही निर्देशन अनुसार हदैसम्मको सावधानी अपनाउँदै केही शाखाबाट सेवा दिने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

उनका अनुसार बैंकर्स संघले जिल्ला प्रशासन कार्यालयमा पासका लागि कुरा गरेको थियो, जिल्ला प्रशासनले कुन बैंकलाई कति चाहिने हो बैंकलाई नै चिठ्ठी लेख्न लगाउनु भनेको थियो ।

आफ्नो बैंकले ४ वटा पास लिएको दाहालले सुनाए । दाहाल सानिमा बैंकका सीइओ हुन् ।

यी स्थानीय तहले बैंकका शाखा खोल्न दिएनन्

उपत्यकामा केही मात्रै शाखा खोल्ने उनले सुनाए । तर, एटीएम मेशिनमा नगद हाल्न, आइटी विभागका कर्मचारीहरुलाई काम गर्न, क्यास काउन्टरमा काम गर्ने कर्मचारीहरुलाई घर र अपिस ल्याउन लैजानका लागि ती पास भएका गाडीको प्रयोग गरिने उनले जानकारी दिए ।

‘हाम्रो आग्रह डिजिलट कारोबार गर्नुहोस् भन्ने हो, बैंकमा अत्यावश्यक पर्दा मात्रै आउनुस्, त्यस्तो अवस्थामा हामी सेवा दिन्छौं भनेका हौं,’ उनले भने ।

पूर्ण रुपमा बैंक तथा वित्तीय शाखा बन्द नहुँने, नगद व्यवस्थापनका लागि आंशिक शाखा खुल्ने

बैंकहरुले आफ्ना कर्मचारीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको उनले जानकारी दिए ।

‘कर्मचारीसाथीहरु पनि आत्तिइहाल्नु पर्ने अवस्था छैन, सबै बैंकले मास्क, स्यानिटाइजर, डिस्टेन्स मेन्टेन लगायत सुरक्षाका विधिहरु अपनाइसकेका छन्,’ उनले भने ।

उपत्यका बाहिरका धेरै स्थानमा बैंकहरु बन्द भएको उनले सुनाए । र, विगतका तुलनामा कारोबार संख्या र कारोबार रकम दुबै अत्यन्तै कम भएको उनले जानकारी दिए ।


पुष्प दुलाल