लक डाउनमा पनि बैंकहरुले यसरी सेवा दिन्छन्: बैंकर्स संघका अध्यक्ष भुवन दाहाल



प्रत्येक स्थानीय तहमा बैंक खोल्ने कुरा कसरी सम्भव हुन्छ, काठमाडौं जस्ता सहरमा के हुन्छ ?

सहरको हकमा कुनै बैंकको १० वटा शाखा छ भने कम्तीमा एउटा खोल्नु होला । नभए २ वटासम्म खोल्न पनि सकियो । त्यो हिसाबले मिलाएर गर्नुपर्छ ।

मान्छे नै बाहिर निस्कन नपाइने भनेपछि बैंकले कसरी सेवा दिने ?

सरकारले निर्णय गर्दा नै अत्यावश्यक बाहेकमा भनेको छ । जसमा खाद्यान्नका लागि खोल्ने भनेको छ । त्यसका लागि पैसा पनि चाहिने होला । त्यसैले ग्राहकलाईै अप्ठ्यारो नहोस भनेर क्यास काउन्टर खोल्ने भनेका छौं । एटीएममा सबैतिर पैसा राख्न भनिसकेका छौं । गाडीका लागि पास अझैँसम्म उपलब्ध भएको छैन । यसका लागि प्रयास गरिरहेका छौं ।

कर्मचारीहरु र सेवाग्राही कसरी बैंकसम्म जान्छन त ?

सेवाग्राहीको हकमा नजिक भए शाखाबाट र एटीएमबाट निकाल्न सक्ने भए भने कर्मचारीको हकमा आज काठमाडौंमा यसै पनि बिदा भयो । भोलिदेखिका लागि आज सवारी पास उपलब्ध लिएर लिन जानेछौं । अब कतिवटा पास आउने हो त्यो थाहा छैन ।

जबर्जस्ती बैंक खाेल्नु पर्छ भन्ने हाेइन: कामु गभर्नर शिवाकोटी

राष्ट्र बैंकबाट क्यास झिक्नु पर्ने हुन्छ । एउटा ब्रान्चबाट अर्को ब्रान्चसम्म पनि क्यास पुर्याउनु पर्ने हुन्छ । आज धनगढीमा बैंक नखोल्ने भनेको सुनेको छु । कर्मचारी पनि स्थानीयलाई नै हो पहिलो प्राथमिकतामा । सेवाप्रवाह कसरी प्रभावकारी बनाउने भन्ने हो ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि एटीएम लगायतका स्थानमा के गरिरहनु भएको छ ?

एटीएममा धेरै मानिसको पहुँच हुने र यदी कोरोनाले संक्रमण पायो भने लामो समयसम्म रहन्छ भन्ने आधारमा सकेसम्म सेनिटाइज गर्न भनेका छौं । सफा गर्न, स्प्रे राख्न पनि भनेका छौं । त्यसबाहेकका प्रयासहरु गरिरहेका छौं ।


पुष्प दुलाल