जबर्जस्ती बैंक खाेल्नु पर्छ भन्ने हाेइन: कामु गभर्नर शिवाकोटी



सरकारले मंगलबारदेखि चैत १८ गतेसम्म देशभर लकडाउन घोषणा गरेपछि बैंक तथा वित्तीय संस्था खुल्ने वा नखुल्ने अन्योलमा परेका छन् । सरकारले अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने भनेसँगै यसले अन्योलता थपेको हो ।

यसै विषयमा बैंक कसरी खुल्छन वा सञ्चालन हुन्छन भन्नेबारे नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीसँग गरिएको छोटो कुराकानी ।

बैंकहरु कसरी खुल्छन ?

सम्भव भएसम्म सीमित शाखाहरुमा, सीमित समयका लागि, सीमित कर्मचारी राखेर क्यास काउन्टर सञ्चालन गर्ने भनिएको हो ।

काठमाडौंमा २/३ वटा शाखाबाट २/३ घण्टा मात्रै शाखा खोल्ने भनिएको हो । साथै सम्भव भएसम्म स्थानीय प्रशासनसँग समन्वय गरेर गर्नुपर्छ भन्ने हो । हार्ड एन्ड फास्ट गरेर हुँदैन ।

कर्मचारीको व्यवस्थापन कसरी हुन्छ ?

सेवाग्राही पनि नजिकै छन् भने मिल्छ । कर्मचारीको हकमा पनि सवारी पास भए मात्रै पाउँछन् । झापामा कफ्यू लागेको छ । गोखरा, पोखरा र धनगढीमा पनि बैंक बन्द छन् । सम्भव भएसम्म स्थानीय प्रशासनसँग समन्वय गरेर कार्यालय प्रमुखले निर्णय गर्नु हो ।

राष्ट्र बैंकले सीमित समयका लागि सीमित कर्मचारीबाट मात्रै खोल्ने प्रयास गर्नु भनिएको हो । यो अवस्थामा धेरै शाखा खोल्नु पनि हुँदैन  ।


क्लिकमान्डु